रहेनन काँग्रेसका क्षेत्रीय सभापति 'राजकिशोर सिँह' 

२०७९ मङ्सिर २ शुक्रबार
बिहान ०९:१७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेस धनुषाका एक नेताको असमायिक निधन भएको छ । 

धनुषाको निर्वाचन क्षेत्र नम्बर २ को क्षेत्रीय सभापति राजकिशोर सिँहको शुक्रबार बिहान निधन भएको परिवारजनले जनाएको छ । उनको ६६ वर्षको उमेरमा निधन भएको हो । 

मुटु र किडनीको समस्याबाट विगत लामो समयदेखि जुध्दै आएका सिँहको शुक्रबार विहान १२ः३० बजे (विहिबार राती) निधन भएको हो । उनको उपचारको क्रममा अस्पतालमै निधन भएको परिवारजनले जनाएको छ । 

विगत १० दिनदेखि काठमान्डौँस्थित रहेको त्रिवि शिक्षणको मनमोहन कार्डियोथोरासिस भस्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार गराइरहँदा विहिबार राती उनको स्वास्थ्य अवस्था बिग्रिएको थियो । उनको केही बेरपछि निधन भएको ज्वाई अमित सिँहले जानकारी दिए । 

विगत ४५ बर्षदेखि नेपाली काँग्रेस पार्टीमा आफ्नो खुनपसिना दिएका राजकिशोर सिँहले पार्टीमा पदीय लोभको लागि कहिल्यै नलडेको नेताको रुपमा चिनिन्थे । सिँहलाई टिकट नदिएपनि पार्टीको नेतृत्व वा पार्टीसँग कुनै प्रकारको मनमुटाव नराख्ने नेताको सूचिमा नाम थियो उनको । 

४ पटकसम्म क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हालेका नेता सिँहको लागि यसपाली प्रदेश साँसदको लागि समानुपातिक तर्फबाट नाम गएको थियो, बिडम्बना बन्दसूचिमा उनको नाम परेनन् । नाम नपरेपछि उनले आफ्ना कार्यकर्ता, समर्थकलाई कुनै प्रकारको दुःख नमान्न र आफ्नो पार्टी काँग्रेसप्रति पूर्ण समर्थन, तन, मन, धनले सहयोग गर्न आग्रह समाजिक सँजाल मार्फत गरेका थिए । 

उनको अन्तिम श्रद्धाञ्जली एवम् अन्येष्टि भोली शनिबार विहान ७ बजे पैतृक गाउँमै गरिने परिवारजनले जनाएको छ । धनुषाको औरही गाउँपालिका वडा नम्बर ४ औरही गाउँमै उनको अन्तेष्टी गरिने भएको छ । 

भोली उनको श्रद्धाञ्जलीको लागि नेपाली काँग्रेसका दिग्गज नेताहरु औरही प्रस्थान गर्ने बुझिएको छ । काँग्रेसले एक सबल नेता गुमाएको बताइएको छ । 

  • 2%
  • 0%
  • 0%
  • 0%
  • 93%
  • 0%

अधिकृत यादवले जाली साइन गरेको खुलासा, एउटै पालिकामा दुई अधिकृत ?

  • २०७९ मङ्सिर २ शुक्रबार

न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले जाली कागजात खडा गरेको पाइएको छ ।  महोतरी जिल्लाको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत संजय बाबु

पूरा पढ्नुहोस्

Bureau Menus