जनकपुरः कमला नगरपालिकामा पुनः मतदान 

२०७९ मङ्सिर ४ आइतबार
दिउसो २:४६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको धनुषा जिल्लास्थित रहेको कमला नगरपालिकाको एक बुथमा पुनः मतदान भईरहेको छ । 

मतदान केन्द्रमा मत खसाएर घर गएका मतदाताहरुलाई पुनः बोलाएर पुनः मतदान गर्न लगाएको हो । 

धनुषाको निर्वाचन क्षेत्र नम्बर २ मा अवस्थित कमला नगरपालिका वडा नं. ६ मडानमा रहेको बिलट बौकु मावि (क) केन्द्रको मतदान बिहान ७ बजेदेखि नै सुरु भई ७३ जनाले मत खसाइसकेको अवस्थामा प्राविधिक त्रुटी भेटिएपछि मतदान स्थगित गरिएको थियो । 

त्यस मतदान केन्द्रमा खटिएका कर्मचारीले प्रदेशसभाको ब्यालेट पेपर सुरुमै राखेर त्रुटी गर्दा विवाद उत्पन्न भएको थियो । 

बिहान ९ बजेसम्म खसेको ७३ वटै मतलाई बदर गरी त्यहाँ दिउँसो १ बजेदेखि पुनः मतदान सुरु भएको मतदान अधिकृत धर्मअवतार कोइरालाले जानकारी दिए । 

  • 0%
  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरः जन्ती (बाराती) बोकेको विंगर दुर्घटना, पाँच जनाको मृत्यू

  • २०७९ मङ्सिर ४ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित बिहानै जन्ती (बाराती) बाकेको विंगर दुर्घटना हुँदा पाँच जनाको मृत्यू भएको छ ।  जनकपुरधामसँगै रहेको महोत्तरीको पिपरा गाउँपालिका गम्हरियाबाट जन्ती (बाराती) बोकेको जीप

पूरा पढ्नुहोस्

Bureau Menus