५२८ भोँट खसेको मतपेटिकामै लगाईयो आगो 

२०७९ मङ्सिर ४ आइतबार
दिउसो ४:३२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा मतपेटिकामा आगजनी गरिएको छ । 

स्वामिकार्तिक खापर गाउँपालिका–१ को भगवती आधारभूत विद्यालय मतदान केन्द्रमा प्रदेशसभा समानुपातिकतर्फको मतपेटिकामा आगजनी भएको हो ।

कसले आगो लगायो भन्ने खोजी भइरहेको प्रहरीले जनाएको छ । मतसहितको मतपेटिका जलेपछि अहिले मतदान कार्य रोकिएको प्रहरीले जनाएको छ । कुल ८४० मतदाता रहेको उक्त मतदान केन्द्रमा ५२८ मत खसेको थियो ।

  • 0%
  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%

  • २०७९ मङ्सिर ४ आइतबार

Bureau Menus