आफ्नो भविष्य छनौट गर्न आमाको किरिया बसेका चौरसियाले गरे मतदान 

२०७९ मङ्सिर ५ सोमबार
दिउसो १:५५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । देशमा परिवर्तन र नेतृत्व परिवर्तनको लागि यसपालीको चुनावमा जनताहरु सजग भएको देखिएको छ । 

महोत्तरीको निर्वाचन क्षेत्र नम्बर ४ स्थित आमाको किरिया बसेका एक व्यक्तिले मतदान केन्द्रमा पुगेर आफूले रुचाएको उम्मेदवारलाई मत खसालेका छन् । 

महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ को (ख) पर्ने मनरासिस्वा नगरपालिका वडा नम्बर २ को भोली मावि मतदान केन्द्रमा स्थानीय लालकिशोर चौरसियाले आमाको किरिया बस्दै मतदान गरेका हुन् । 

देशप्रतिको माया र जागरुकता भन्दै उनले एक पटक उम्मेदवार छान्दा ५ बर्षसम्म बिलौना गर्नुभन्दा असल उम्मेदवारको लागि आमाको किरिया बस्दै मतदान गरेको बताए । 

तराई मधेशमा किरिया बस्ने किरिया पुत्र वा पुत्रीले घर बाहिर जान नपाउने विश्वास रहिआएको छ । उनले आफ्नो नेता छान्नको लागि मतदाताको अधिकारसहित देशको नागरिकको कर्तव्य हिसाबले किरिया बस्दा पनि मतदान गरेको बताए । 

पेशाले शिक्षक रहेका चौरसियाले देशमा परिवर्तनको माहौल हुँदा उनले आफ्नो मत सदुपयोगको मौका गुमाउन नचाहेको प्रतिक्रिया दिएका थिए । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 83%
  • 0%

Bureau Menus