पराजीत हुन लागेपछि उपेन्द्र यादवका कार्यकर्ताको धाँधली, मतगणना रोक्न धम्की !

२०७९ मङ्सिर ६ मंगलबार
रति १०:२८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । सिँगो मधेश र देशकै ध्यान केन्द्रीत रहेको सप्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा जसपाका अध्यक्ष उपेन्द्र यादवको कार्यकर्ताहरु धाँधली सुरु गरेको छ । 

उपेन्द्र यादव अत्यधिक मतले पछि पर्न थालेपछि उनका नेता कार्यकर्ताहरुले मतगणना स्थलमा धाँधली सुरु गर्ने प्रयास थालेका छन् । उनीहरु मतगणनास्थलमै धर्नामा बसेका छन् । 

जनमत पार्टीका अध्यक्ष डा. सिके राउत ११ हजार मतान्तरले अगाडी भएपछि उपेन्द्र यादवका कार्यकर्ताले धाँधली सुरु गर्न थालेका छन् । उनीहरुले अनअपेक्षित मत आएपछि मतपेटिकामा गडबड गरेको भन्दै धर्ना दिएका छन् । 

उपेन्द्र यादवकै कार्यकर्ता एवम् निर्वाचन प्रतिनीधि नारायण प्रसाद यादवले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निवेदन लेख्दै मतगणना रोक्न धम्की दिएका छन् । 

धेरै मतपेटिकाहरुको सील हराएको भन्दै उनीहरुले मतगणना रोक्न माग गरेका छन् । सिल भेरिफिकेशन नभएसम्म मतगणना नगर्न धर्ना दिँदै मतगणना गरिए हुने घटनाको जिम्मेवार मतगणना अधिकृत हुने धम्की समेत दिएको हो । 

अहिलेसम्म भएको मतगणनामा मतपेटिकाको मुचुल्का बमोजिम नै मतगणना र मतपरिणाम आएपनि उपेन्द्र यादवका कार्यकर्ताहरु धाँधली गर्ने प्रयास गरिरहेका छन् । 

यता, विभिन्न वडामा मोटो रकम खर्च गरेको उपेन्द्र यादवले सो वडामा अपेक्षाकृत मत नआएपछि उनका कार्यकर्ताहरु धाँधली गर्ने प्रयास गरेको आरोप जनमतका सँतोष ठाकुरले लगाए । 

“अहिलेसम्म भएको मतगणनामा कहिँ कतै तलमाथि भएको छैन, जति मत खसेको थियो, सिलबन्दी जे भएको थियो सबै जस्ताको त्यस्तै छ, तर सिके राउत जीको मतान्तर बढन थालेपछि उनीहरु निरास हुँदै धाँधली गर्ने प्रयास गरिरहेका छन् ।”– जनमतका मनोज मोरबैताले आरोप लगाए । 

डा. सिके राउत उपेन्द्र यादवभन्दा अहिले ११ हजार मतान्तरले अग्रता लिएका छन् । 

  • 1%
  • 50%
  • 2%
  • 0%
  • 0%
  • 34%

वीरगँजकी एसिड पीडित मुस्कान खातुनको लागि अमिताभ बच्चनको मेसेज

  • २०७९ मङ्सिर ६ मंगलबार

Bureau Menus