सिरहा २ (ख) मा पूर्वमन्त्री सिंह विजयी

२०७९ मङ्सिर ८ बिहीबार
बेलुकी ७:३६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा।  सिरहा क्षेत्र नम्बर २ (ख) बाट पूर्व पर्यटन राज्यमन्त्री शत्रुधन सिंह कोइरीको प्रदेश सभा सदस्यमा जित सुनिश्चित भएको छ।

नेकपा एमालेका पूर्वराज्यमन्त्री सिंहले प्रदेश सभा सदस्य १३३९७ मत पाएका छन्। नेकपा एकीकृत समाजवादीबाट निर्वतमान प्रदेश सभा सदस्य मदन सेन प्रसाद श्रीवास्तवले ११०२५ मत पाएका छन्। 

मनोनयन दर्ताको दिन जसपा परित्याग गरी नेकपा एमाले प्रवेश गरेर उम्मेदवार बनेका थिए। प्रदेश सभा सदस्यमा निर्वाचित हुने पक्का भएका पूर्वराज्यमन्त्री सिंह २०७४ मा प्रतिनिधि सभा सदस्यमा सिरहा क्षेत्र नम्बर २ बाट पराजित भएका थिए। 

२०७४ मा नेकपा माओवादी केन्द्रका सुरेश चन्द्र दास २०१४८ मतले विजयी हुँदा पूर्वराज्यमन्त्री सिंहले संघीय समाजवादी फोरमबाट उम्मेदवारी दिँदै १७ हजार २६० मतका साथ दोस्रो भएका थिए। २०६४ मा मधेश आन्दोलनको रापतापले गर्दा पहिलो संविधान सभा सदस्यमा निर्वाचित भएका थिए।

 

  • 50%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मधेश प्रदेशको रौतहटमा लाखौँको चिनी र मल बरामद 

  • २०७९ मङ्सिर ८ बिहीबार

न्यूज ब्यूरो, रौतहट । रौतहट प्रहरीले लाखौं रूपैयाँ मूल्य बराबरको अवैध तवरबाट ल्याइएको  १ सय ५९ बोरा चिनी र २५ बोरा डिएपी मल बरामद गरेको छ। भारतबाट अवैध रुपमा भन्सार छलेर

पूरा पढ्नुहोस्

Bureau Menus