सर्वदलिय सहमतिले भएको थियो मत बदरको निर्णय, ममाथि व्यक्तिगत टिप्पणी नगरियोस : रामकृष्ण यादव

२०७९ मङ्सिर ११ आइतबार
बिहान ०९:२७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर २ का निर्वाचित साँसद रामकृष्ण यादवले प्रत्यासी उम्मेदवार उमाशँकर अरगरियाले आफूमाथि बेतुका टिकाटिप्पणी गरेकोप्रति आपत्ति जनाएका छन् । 

उनले आईतबार बिहान पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोग, निर्वाचन कार्यालयको निर्णयलाई नमानी आफूमाथि निराधार आरोप प्रत्यारोध लगाएको भन्दै उनले आपत्ति जनाएका छन् । 

उनले निर्वाचन कार्यालयको निर्णयलाई आफूमाथि थुपारेको भन्दै यस्तो नगर्न आग्रह गरे । उनले भने,–“सुरुमै मतपेटिका खोल्नु भन्दा अघि भएको सर्वदलिय निर्णय अनुसार नै मतगणना भएको छ । पुनः मतगणना गर्नु नगर्नु निर्वाचन आयोगको पक्षको कुरा हो, यसमा म केही भन्न सक्दिन, यति मात्र भन्न चाहन्छु की मप्रति कुनै प्रकारको व्यक्तिगत टिकाटिप्पणी नगरियोस् ।”

सँचारकर्मीहरुको जिज्ञासाको क्रममा यादवले सर्वदलिय बैठकको बेला सम्बन्धित मतपेटिकामा खस्नुपर्ने मत अर्को बाकसमा खसेपछि बदर हुने भनेर निर्णयमा उमाशँकर अरगरियाले समेत हस्ताक्षर गरेको बताउँदै आफ्नो पक्षको पनि सयौँ मत बदर भएको बताए । 

विभिन्न वडाहरुको बाकसमा सम्बन्धित बाकसमै खस्नुपर्ने मत अर्को बाकसमा खसेपछि निर्णय अनुसार नै बदर गरिएको बताउँदै उनले पुनः मतगणना भएपनि आफूलाई कुनै आपत्ति नभएको बताए । तर, आफैँ गरेको निर्णयलाई मान्नुपनि पर्ने बताए । 

उनले भने,–“सूर्य छापको मत रुखछाप भन्दा जतिबेलासम्म अगाडी थियो, त्यतिबेलासम्म कुनै प्रकारको आपत्ति भएन, अन्तिमको एक वडाको मतगणना बाँकी रहँदासम्म पनि कसैलाई आपत्ति भएन, कसैले बदर मत पनि गन्नुपर्ने भनेर जिकिर गरेनन्, जिद्द गरेनन, त्यसको कुनै सबाल उठेनन, तर जब हँसपुरको अन्तिम वडाको बाकस गन्दा रुख छापको मत अगाडी भयो, अनि मात्र विरोध हुन थाल्यो ।”

यादवले उहाँले जे सुकै गरेपनि आफूमाथि व्यक्तिगत टिकाटिप्पणी मात्र नगरिदिन आग्रह गरे । उनले निर्वाचन कार्यालयले आफूलाई निर्वाचितको प्रमाण पत्र दिसकेको बताउँदै सोही बाकसहरुमा रुख छापको सयौँ मत हामीले बदर मानेकै बताए ।

  • 40%
  • 40%
  • 0%
  • 0%
  • 20%
  • 0%

वीरगँजकी एसिड पीडित मुस्कान खातुनको लागि अमिताभ बच्चनको मेसेज

  • २०७९ मङ्सिर ११ आइतबार

Bureau Menus