कमला नदीमा आज जानकीको मटकोर, माची गाउँमा हुलाकी सडक सरसफाई 

२०७९ मङ्सिर ११ आइतबार
बिहान १०:३९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । पवित्र कमला नदीमा आज जानकीको मटकोरको लागि रथसहित साधुसन्तको यात्रा आउने भएको छ । 

जनकपुरको कपिलेश्वर हुँदै भोयल, देउरी परवाहा, औरही, तिनकोरिया, एकराही, सराबे, माचि, लगमा, सघारा हुँदै कमला नदीसम्म आउने कार्यक्रम रहेको छ । 

जानकीको मटकोर महोत्सवको लागि हुलाकी सडकको विभिन्न गाउँमा गेट पण्डाल बनाएर स्वागत गर्ने तयारी गरिएको छ भने सडक सफाई बिहानैदेखि चलिरहेको छ । 

सोही क्रममा धनुषाको कमला नगरपालिकाको वडा नम्बर २ माचि र सराबे टोलमा बृहत सरसफाई गरिएको हो । जानकी जीको आगमन हुन लागेको भन्दै गाउँलेहरुले सरसफाई गरेको हो । 

दिउँसो १ बजे माचि टोल पुग्ने जानकीको डोला लक्ष्मी मन्दिरस्थित नाचगान र स्वागत सत्कारपछि कमला नदीमा मटकोरको लागि प्रस्थान गर्ने कमला बचाउ अभियानका सँयोजक विक्रम यादवले जानकारी दिए । 

जानकीको मटकोरको लागि जनकपुरधामको अग्नीकुण्ड मन्दिरबाट डोला लिएर साधुसन्तहरुले कमलाबाट माटो लिएर जाने कार्यक्रम रहेको छ । 

कमला नदी आउने सो दर्शनार्थीहरुलाई स्वागत सत्कारको लागि विभिन्न स्थानमा शिविरहरु समेत सँचालन गरिएको छ । गाउँमा श्रद्धालुहरुले सीताजीको स्वागत एवम् चरण स्पर्सको लागि आतुर रहेको छ । 

कमला नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष ठकु यादवको नेतृत्वमा माचिमा सरसफाई गरिएको हो । 

सरसफाईको लागि काँग्रेसका वडासभापति विजय कुमार यादव, निर्माणकर्मी रुपक यादव (रुपी), ओम नारायण यादव (प्रदीप), काँग्रेसका युवा नेता अशोक यादव, शम्भु यादव, रामकुमार साह, बरण साह लगायत दर्जनौ युवाहरुले सरसफाई गरेको हो । 

  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Bureau Menus

} }