सिके राउतको प्रभावः गहुँ लैजादै गर्दा स्वास्थ्य प्रमुख यादवलाई पक्राउ गरी प्रहरीलाई जिम्मा 

२०७९ मङ्सिर १५ बिहीबार
बिहान ०८:४० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सप्तरी । किसानको लागि आएको गहुँको बीउ किसानलाई नदिएर कर्मचारीहरुले नै अवैद्य तवरले गहुँको विउ लैजाँदै गर्दा किसानहरुले पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएको छ । 

मधेश प्रदेशको सप्तरी जिल्लास्थित एक नगरपालिकाका स्वास्थ्य प्रमुखले अवैद्य तवरले गहुँको  बीउ गाडीमा चोरेर लैजाँदै गर्दा किसानहरुले रँगेहात पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएको हो । 

सप्तरीको कंचनरुप नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसेवक यादवले विभिन्न बहानामा आफ्नो नीजि चारपाँग्रे गाडीमा किसानको लागि आएको गहुँको बीउ नगरपालिकाभन्दा बाहिर लैजाँदै गर्दा पक्राउ गरिएको हो । 

स्वास्थ्य शाखा प्रमुख यादवले चढेको प्रदेश ३–०१ ०२३ च ६५४२ नम्बरको गाडीमा किसानको लागि आएको गहुँको बीउ राखेर घर जाँदै गर्दा उनलाई किसानहरुले बाटोमै पक्राउ गरी गहुँको बीउ प्रहरीको जिम्मा लगाएको हो । 

कंचनरुप नगरपालिको कृषि शाखाबाट चोरीलुकी गाडीमा गहुँको वीउ राखेर रुपनी लैजाँदै गर्दा किसानहरुले उनको गाडी घेराउ गरेको थियो । सुरुमा उनले गाडीमा केही पनि नभएको दाबी गरेपनि गाडी ढिक्की खोल्दा एक बोर गहुँको बीउ बरामद भएको हो । 

जानकारी अनुसार, स्वास्थ्य शाखा प्रमुख यादवले प्रत्येक दिन एक एक बोरा गहुँ लिएर अन्य ठाउँमा चर्को मूल्य लिएर बेच्ने गरेको आरोप लगार्ईएपनि यसको अधिकारिक पुष्टि भने हुन सकेनन् । 

सप्तरीमा डा. सिके राउतको किसान आन्दोलनको कडा प्रभाव छ । गत बर्ष चलेको किसान आन्दोलनको प्रभावले किसानहरुले आफूहरुको लागि आएको बीउ, खाद्य, मलको लागि अब आवाज उठाउन थालेका छन् । 

  • 22%
  • 2%
  • 0%
  • 1%
  • 2%
  • 3%

इलाका प्रहरी कार्यालय गोलबजारद्वारा रक्तदान कार्यक्रम, ४४ जनाले रगत दान गरे 

  • २०७९ मङ्सिर १५ बिहीबार

न्यूज ब्यूरो, सिरहा।  सिरहा जिल्लाको गोलबजार नगरपालिकामा अवस्थित इलाका प्रहरी कार्यालय गोलबजारद्वारा नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरी मनाइएको हो ।  नेपाल प्रहरी श्रीमती संघको

पूरा पढ्नुहोस्

Bureau Menus

} }