धनुषामा जसपाका महाजन यादवसहित यी उम्मेदवारहरुको जमानत जफ्त 

२०७९ मङ्सिर १६ शुक्रबार
बिहान ०९:५७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा प्रतिनिधिसभाको ८७ जना उम्मेदवारको जमानत जफत भएको छ ।

प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका धनुषाको चारै निर्वाचन क्षेत्र गरी ८७ जनाको जमानत जफत भएको छ । 

धनुषाको चारै निर्वाचन क्षेत्र मिलाएर एक सय तीन जनाले उम्मेदवारी दर्ता गराएका थिए । पछि तीन जनाले उम्मेदवारी फिर्ता लिएका थिए भने एक सय उम्मेदवार चुनावी मैदानमा प्रतिस्पर्धा गरेका थिए । जस मध्ये ८७ जनाको जमानत जफत भएको छ भने १४ जनाले मात्रै जमानत जोगाएका छन् ।

धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा जनता समाजवादी पार्टी (जसपा) का महाजन यादवको पनि जमानत जफत भएको छ । यादवसहित यस क्षेत्रबाट उम्मेदवार बनेका २७ जनाको जमानत जफत भएको छ । 

उनले पाँच हजार दुई सय १२ मत मात्रै प्राप्त गरेका छन् । निर्वाचन निर्देशिका अनुसार कुल सदर मतको दश प्रतिशत ल्याएको उम्मेदवारको जमानत मात्रै जोगिने व्यवस्था छ । यहाँ ८० हजार तीन सय १२ मतदान भएको थियो । जसमध्ये ७६ हजार सात सय ६९ मत सदर र तीन हजार पाँच सय ४३ बदर भएको थियो । यहाँ नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवलाई पराजित गरेर नेकपा एमालेका सचिव रघुवीर महासेठ विजयी भएका छन् ।

यहाँ स्वतन्त्र उम्मेदवार कृष्णा महतोको पनि जमानत जफत भएको छ । कृष्णाले चार हजार तीन सय ४३ मत मात्रै ल्याएका छन्

। यस्तै, धनुषा निर्वाचन क्षेत्र १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका मधेन्द्र कुमार रायसहित २१ जनाको जमानत जफत भएको छ । रायले मात्र तीन सय ६४ मत ल्याएका थिए । उनीसहित २१ जना उम्मेदवार सो भन्दा कम मत ल्याएका छन् । यहाँ २५ जना उम्मेदवार थिए । जसमध्ये चार जनाले मात्रै जमानत जोगाएका छन् । जसपाका दीपक कार्की निर्वाचित भएका छन् ।

नेकपा माओवादी केन्द्रका मातृका प्रसाद यादव, जनमत पार्टीका किशोरी साह र राप्रपाका मनोज मल्ल बाहेक सबै उम्मेदवारको जमानत जफत भएको छ । यस्तै, निर्वाचन क्षेत्र २ मा ११ जनाको जमानत जफत भएको छ । 

यहाँ राप्रपाका राजकुमार अधिकारीसहित ११ जनाको जमानत जफत भएको छ । अधिकारीले तीन सय ६६ मत ल्याएका छन् । उनी भन्दा कम दश जना उम्मेदवारले मत प्राप्त गरेका छन् । यहाँ नेपाली कांग्रेसका रामकृष्ण यादव विजयी भएका छन् । पाँच जना उम्मेदवारले यहाँ सम्मानजनक मत ल्याएका छन् । 

निर्वाचन कार्यालयका अनुसार नेकपा एमालेका उमाशंकर अरगरिया झिनो मतले पराजित भएका छन् । अरगरियाले १९ हजार ९ सय ५५, नेकपा एकीकृत समाजवादीका रामचन्द्र झाले १३ हजार ६ सय ५, जसपाका गंगाराम यादवले १२ हजार ८ सय एक र जनमत पार्टीका जयनारायण साहले ९ हजार ९ सय ९२ मत ल्याएका छन् ।

यस्तै, धनुषा निर्वाचन क्षेत्र ३ मा २८ जनाको जमानत जफत भएको छ । यहाँ ३१ जना उम्मेदवार चुनावी मैदानमा थिए । नेकपा एमालेकी जुली महतो निर्वाचित भएकी छन् । 

उनले ३३ हजार तीन सय ८८ मत ल्याएर पाँच दलीय गठबन्धनबाट लोसपाका उम्मेदवार अनिल झालाई पराजित गरेका छन् । यहाँ जनमतका शम्भुनाथ साहले सात हजार तीन सय ७४ मत ल्याएका छन् । यहाँ ७२ हजार सात सय १८ मतदान भएको थियो । जसमध्ये ६७ हजार आठ सय ९३ मत सदर र चार हजार एक सय ८६ मत बदर भएको थियो । जनकपुरटुडेको सहयोगमा

  • 0%
  • 43%
  • 14%
  • 0%
  • 14%
  • 14%

सर्लाहीमा चिट चोरी गराउने १० गार्ड परीक्षा केन्द्रबाट निष्काशित

  • २०७९ मङ्सिर १६ शुक्रबार

राधेश्याम कुशवाहा, सर्लाही ।  सर्लाही, १५ चैत । माध्यमिक शिक्षा परीक्षा (एसइइ) अन्तर्गत सर्लाही जिल्लामा अमर्यादित कार्य गराईरहेको अवस्थामा १० जना गार्डलाई विभिन्न परिक्षा केन्द्रबाट निष्काशित गरिएका छन् । परीक्षालाई मर्यादित

पूरा पढ्नुहोस्

Bureau Menus

} }