समाजमा फरक क्षमताका व्यक्तिले अझै उत्तम सम्मान पाउन सकेननः मेयर यादव 

२०७९ मङ्सिर १७ शनिबार
दिउसो ४:४६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर दिनेश प्रसाद यादवले समाजमा फरक क्षमता (अपाँगता) भएका व्यक्तिले अझै उत्तम सम्मान पाउन नसकेको बताएका छन् । 

शहिदनगर नगरपालिकाको आयोजनामा ३१ औँ अन्तराष्ट्रिय अपाँगता दिवसको अवसरमा प्रमुख अतिथिको आसनबाट बोल्दै मेयर यादवले समाजमा फरक क्षमताका व्यक्तिले पाउनुपर्ने सम्मानको लागि चेतनाको स्तर अझै वृद्धिको आवश्यकता औल्याए । 

अपाँगता भएका व्यक्तिहरुलाई गिज्याउने, तल्लो दर्जा दिएर हेर्ने दृष्टिकोणको कारण समाजमा एकताको अभाव समेत भएको उनले बताए । समय समयमा फरक क्षमता भएका व्यक्तिहरुले स्थानीय सरकारबाट पनि सम्मानको भागी गराउनुपर्ने धारणा उनले राखे । 

शारिरीक र मानसिक रुपले अपाँगता भएका व्यक्तिहरुको लागि सपाँगहरुले समाजमा सम्मान दिनु नै मानवताको धर्म रहेको बताए । उनले सरकारले अपाँगता भएका व्यक्तिहरुको लागि कोटा, सम्मान, गुजारा खर्च, समाजिक सुरक्षा भत्ता समेत उपलब्ध गराउँदै आएपनि समाजमा चाहिने उचित सम्मानको अझै कमि रहेको बताए । 

“समावेशी विकासका लागि रुपान्तरित समाधान, पहुँचयुक्त र समतामुलक विश्वभरका लागि उर्जावान सृजनशिलताको प्रावधान” मूल नारासहित शहिदनगरका स्वास्थ्य शाखाका प्रमुख कपिलदेव अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा फरक क्षमता भएका व्यक्तिहरुले स्थानीय सरकारबाट उपलब्ध हुने अन्य सेवासुविधालाई छिटो छरितो बनाइदिन आग्रह गरेका थिए । 

सो कार्यक्रममा नगर उपप्रमुख सुनिता सिँह, समाजिक सुरक्षा शाखाका विष्णुदेव यादवशिक्षा शाखा प्रमुख विश्वनाथ यादव, स्वास्थ्य शाखा उपसँयोजक रामसिकिल यादवसहित विभिन्न वडाका वडाध्यक्ष, स्वास्थ्यकर्मीहरुको समेत सहभागीता रहेको थियो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सलमान खानको घर अगाडी फायरिँग, गोली चलाउनेको तस्विर सार्वजनिक

  • २०७९ मङ्सिर १७ शनिबार

न्यूज ब्यूरो, भारत ।  सिने जगतका चर्चित अभिनेता सलमान खानको घर अगाडी गोली फायरिँग गर्नेको तस्विर प्रहरीले सार्वजनिक गरेको छ ।  आइतबार बिहान ५ बजे बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट अगाडि

पूरा पढ्नुहोस्

Bureau Menus