उपमेयरको आवेग र मेयरको हठ्ठले धनुषाको कमला नगरपालिका चौपट्ट

२०७९ मङ्सिर १७ शनिबार
बेलुकी ७:१४ बजे

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषा जिल्लाको कमला नगरपालिका उपमेयरको आवेग र मेयरको हठ्ठ (जिद्द) ले नगरपालिकाको कामकाज चौपट्ट भएको छ । 

असार १० गतेभित्रै नगरसभा सम्पन्न गर्नुपर्ने प्रावधान अनुसार नीति तथा कार्यक्रम सार्वजनिकीकरण गरिएपनि नगरपालिकाकी उपमेयर शिला देवी मण्डलले नगरसभा भन्दै सो विरुद्धमा अदालतमा रिट दिएपछि सबै कामकाज ठप्प भएको आरोप मेयरले लगाएका छन् । 

कमला नगरपालिकाका मेयर विशेश्वर प्रसाद यादवले उपमेयरले नगरसभा विरुद्ध अदालतमा दिएको मुद्दाको अझै फैसला नभएको भन्दै नगरपालिकाको कुनै कार्यक्रम अगाडी नबढने अडान व्यक्त गरे । 

नेपाली काँग्रेस पार्टीबाट निर्वाचित मेयर यादवले उपमेयरले अदालतमा दिएको मुद्दा अनुसार अन्तिम फैसला नहुन्जेलसम्म कुनै कार्य नहुने अडान राखेका छन् । यता, उपमेयर मण्डलले आफूलाई विभिन्न कार्यक्रममा बायकट्ट गरेपछि आफ्नो अधिकारको लागि मुद्दा दर्ता गरेपनि मुद्दा फिर्ता लिन तयार रहेको बताइन् । 

अदालतमा मुद्दा विचाराधिन रहेको अवस्थामा अन्तिम फैसला कहिले आउने भनेर यकिन नभएको अवस्थामा नगरपालिकालाई मुद्दाको बहानामा बन्दी बनाइएको हो । अदालतले कामकाज रोक्नको लागि कुनै अन्तरिम आदेश दिएको छैनन्, तैपनि विकासका कामकाजहरु अगाडी बढन सकेको छैनन् । 

अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा नगरपालिका सँचालन गर्न सकिने अवस्था छ । एउटा मुद्दा फैसला हुनको लागि बर्षौ लाग्ने गरेको अवस्थामा मुद्दाकै बहानामा नगरपालिकालाई चौतर्फी बन्दी बनाइएको हो । 

मेयर यादवले जबसम्म मुद्दाको अन्तिम फैसला हुँदैन तबसम्म कुनै प्रकारको कामकाज नहुने अडान राखेका छन् । उनले कामकाज सुरु गरेपछि मुद्दाको फैसला अर्कै आएपछि तनाव हुने बहाना दर्साए । 

अदालतमा मुद्दा चलिरहँदा अहिलेसम्म कुनै अन्तिरिम आदेश नआएकोले कामकाज गर्न कुनै कठिनाई वा रोकटोक नभएको कानुन विज्ञहरु बताउँछन् । अदालतमा मुद्दा चलिरहँदा अन्तिम फैसला आउन २ बर्ष लागेपछि के दुई बर्ष नगरपालिका त्यतिकै बन्द हुन्छ त ? भनेर प्रश्न उब्जिएको छ । 

श्रोतका अनुसार, मेयर यादवले मुद्दाको बहाना मात्र बनाउँदै आएका छन् । असारमै भएको नगरसभाले अहिलेसम्म बजेट समेत सँचालन गर्न नसक्नु मेयरको कार्य सम्पादन र कुशलताप्रति प्रश्न उठेको छ । उनलाई धनुषाको निर्बल मेयरको सँज्ञा समेत दिइएको छ । 

कमला नगरपालिकामा मेयर र उपमेयर दुवै जना नेपाली काँग्रेस पार्टीबाट निर्वाचित जनप्रतिनीधि हुन् । 

  • 0%
  • 6%
  • 3%
  • 0%
  • 0%
  • 7%

जसपाकी साँसद मन्जु शर्मा अन्सारीको मृत्यू

  • २०७९ मङ्सिर १७ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  प्रतिनिधि सभा सदस्य  मञ्जु शर्मा अन्सारीको निधन भएको छ । उनको उपचारको क्रममा मिनभवनस्थित सिभिल अस्पतालमा ६० वर्षको उमेरमा निधन भएको हो । जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट

पूरा पढ्नुहोस्

Bureau Menus

} }