
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका शिक्षा शाखाका प्रमुख विश्वनाथ यादवले आफूलाई सँस्थागत रिसबीले चौतर्फी घेराबन्दी गर्ने प्रयास गरेको आरोप लगाएका छन् ।
सरकारी कागज किर्ते गरेको आरोपको मुद्दामा आफूले जिल्ला अदालत धनुषाबाट सफाई पाएको दाबी गर्दै प्रमुख यादवले आफूमाथि सँस्थागत रुपले रिसबी साध्न विभिन्न मिडियामा पुरानो मुद्दा उखेल्न थालेको आरोप लगाएका छन् ।
उनले शहिदनगर नगरपालिकाकै केही पूर्व कर्मचारीहरुले आफूमाथि रिसबी साध्न विभिन्न सँचारमाध्यमहरुमा सफाई पाईसकेको मुद्दालाई उठान गर्न लगाएको आरोप लगाएका छन् ।
नगरभित्रको शिक्षा अवस्थालाई झन सुधारको माध्यमले नमुना बनाउन खोज्दा केही पूर्व कर्मचारीहरुले नै मिडियाको प्रयोग गरी सफाई पाएको मुद्दालाई भ्रामक रुपले प्रदर्शन गर्न खोजेको आरोप लगाएका छन् ।
उनले विभिन्न सँचारमाध्यममा आएको समाचारप्रति खण्डन गर्दै सफाई पाएको मुद्दासँग जोडेर आफ्नो नाम बदनामसहित चरित्र हत्या गर्न खोजेको भन्दै आपत्ति जनाएका छन् । उनले विज्ञप्ति मार्फत नै तथ्यको खण्डन गर्दै भत्र्सना गरेका छन् ।
उनले शहिदनगरको शिक्षालाई नमुना शिक्षाको रुपमा रुपान्तरण गर्न लागेको प्रतिवद्धता समेत जनाएका छन् ।
भारत र बंगलादेशका प्रमुख आयुक्तसहितको पर्यवेक्षक टोलीद्वारा निर्वाचन अनुगमन
- २०७९ मङ्सिर १७ शनिबार
न्यूज ब्यूरो, काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा विदेशी पर्यवेक्षकले मतदान केन्द्रको अवलोकन गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पर्यवेक्षण गर्नका लागि विभिन्न मुलुकका पर्यवेक्षक आएका थिए । विदेशी पर्यवेक्षकहरूले आइतबार बिहान काठमाडौंको मीनभवन
पूरा पढ्नुहोस्