क्रिकेट टुर्नामेन्टमा मुनलाइट कलेजलाई पराजित गर्दै नासा कलेज विजय

२०७९ पौष ३ आइतबार
रति ९:३२ बजे

न्यूज ब्यूरो, काठमाडौँ।  काठमाडौँको ललितपुरमा अवस्थित निष्ट कलेज द्वारा आयोजना गरिएको अन्तरकलेज नकआउट क्रिकेट टुर्नामेन्टमा नासा कलेजले मुनलाइट मोलिस् कलेजलाई पछ्याउँदै विजय भएको छ। 

गत पुष २ गते शनिबारको दिन आयोजना गरिएको क्रिकेट टुर्नामेन्टमा नासा कलेजले आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै मोलिस् कलेजलाई पराजित गर्दै विजय भएको छ । 

उक्त, क्रिकेट टुर्नामेन्ट ललितपुर स्थित निष्ट कलेजले आयोजना गरेको थियो। सो, खेल सातदोबाटो मैदानमा सम्पन्न गरिएको थियो। मैदानमा मोलिस् कलेजले टस जितेपछि ब्याटिङ रोजेका थिए। १५ ओभरको खेलमा नासाका खेलाडीले  ७ ओभरमै मोलिसका सबै खेलाडीलाई अल आउट गरि जम्मा ३७ रनमा प्याक गरेका थिए।

नासा कलेजले सोही लक्ष्य ६ ओभर ४ बलमा ३ विकेट गुमाएर पूरा गरि विजय भइ क्वाटर फाइनलमा प्रवेश गरेका छन्। नासा क्रिकेट टिमका क्याप्टेन राहुल साह थिए भने उक्त खेलमा ५ विकेट लिई अरविन्द यादव म्यान अफ दि म्याच भएका थिए।

नासा क्रिकेट टिमका मार्गदर्शक तथा लगनशील, सक्षम, प्रेरणादायी कोच सिराहा जिल्लाका युवा विद्यार्थी तथा नासाका शिक्षक दिवस टाईगर (पटेल) थिए । देशको राजधानी काठमाडौंमा आफ्नो टिमलाई विजय बनाउन सफल भएको भन्दै नासा कलेजका  द्वारा आभार समत प्रकट गरेका छन्।

  • 3%
  • 0%
  • 95%
  • 0%
  • 0%
  • 0%

'सोच परिवर्तन भए मात्र देशको विकास सम्भव छ'

  • २०७९ पौष ३ आइतबार
  • ईन्द्रजीत गोईत

हाम्रो देशको अवस्था दिनप्रतीदिन नाजुक हुँदै गइरहेको छ । हाम्रो पहिचान समाप्त हुँदै गइरहेको छ । हाम्रो देशको विकास तब मात्र सम्भव छ जब यो देशको हरेक नागरिक आफ्नो जिम्मेवारी

पूरा पढ्नुहोस्

Bureau Menus

} }