
सम्पादकीय । अहिले घरेलु झगडाकी पिडित भनिएकी नेहा चौधरीको घरेलु मामिलामा युटुबे (युटुबर) हरुको प्रवेश भईसकेको छ । सयौँ जिन्दगी बर्बाद पारेका युटुबेहरुले अहिले नेहा चौधरीको घरेलु मामिलामा प्रवेश पाउँदा नेहालाई सम्बन्ध बचाउन गाह्रो नहोला भनेर भन्न सकिने अवस्था छैन् ।
केही डलर कमाउने जुगाडमा निस्केका युटुबेहरुले नानाथरीका थम्बनेल राखेर युटुबमा उनको नीजि जिन्दगीलाई चिरफार गरी गलत तरिकाले प्रस्तुति गर्ने गरिन्छ । नेहा चौधरी मधेशकी छोरी हुन र यहाँ सँस्कार, सँस्कृति अन्य ठाउँभन्दा फरक छ भनेर बुझ्नुपर्छ ।
नेहा चौधरीले अर्का पीडित भनिएका डा. पँकज चौधरीसँग सम्बन्ध बचाएर बस्ने युटुबेहरुको अन्तरवार्तामा भनेपछि उनको भित्री गेम भने छुट्टिएरै बस्ने महसुस गर्न सकिन्छ । पँकजसँगको सम्बन्ध बचाउन कसरत गर्नुभन्दा, सँघर्ष गर्नुभन्दा पनि सेलेब्रेटी बन्ने होडमा लागेको प्रष्ट देखिएको छ ।
कुनै बेला पँकज चौधरी र नेहा चौधरीको बिहेमा डेढ करोड रुपैयाँ खर्च गरिएको भन्दै दाईजोको नाम दिएकी सोही नेहा चौधरीले अहिले पँकज चौधरी हिरासतमा हुँदा सेलिब्रेटी बन्ने होडमा ३ करोडको अफर समेत गरेको भन्न भ्याएकी छिन् । यसले डाक्टर पँकज चौधरीको प्रतिष्ठामा सीधा वार गरिएको प्रष्ट छ । यसले पँकज–नेहाबीचको दुरी कम होईन लामो बनाउन सक्छ ।
सोही घरमा पँकजसँग बस्नको लागि नेहाको अधिकार हो, उनले पँकजसँग बिहे गरेर श्रीमतिको स्थान पाएकी हुन् । तर, घरेलु झगडामा प्रशासनीक भन्दा पनि आफैँ न्यायधिश बन्ने चक्करमा उनले बचेको सम्बन्धन पनि गुमाउने उत्तिकै खतरा देखिएको छ ।
नेहा–पँकजको प्रकरणमा मात्र झारपाते युटुबे होईन झारपाते कथित अधिकारकर्मीहरुको पनि उत्तिकै ब्याक सपोर्ट देखिएको छ । उनीहरुले सम्बन्ध बचाउनको लागि होईन सम्बन्ध तोड्ने होडमा पनि लागेको देखिएको छ । यसले प्रत्यक्ष असर पर्छ नेहा चौधरीलाई र पँकज चौधरीलाई ।
सम्बन्ध बचाउन मात्र नेहा चौधरी किन ? पँकज चौधरी नेहाको श्रीमान हो र उनको पनि उतिकै कर्तव्य र दायित्व हो । पँकज चौधरीले आफ्नो हठ्ठ, घमण्ड त्यागेर, सम्बन्धको तितोमिठो बिर्सेर सहर्ष नेहालाई अपनाउनुपर्छ । नेहा उनको घरको ईज्जत हो, प्रतिष्ठा हो । उनलाई पुरानै स्थान दिएर राख्नुपर्छ । श्रीमान श्रीमतिको झगडा भनेरै भएपनि दुवै जना हठ्ठ त्यागेर सम्बन्ध पुनःस्थापना गर्नुपर्छ ।
परिवारिक झगडा दुवै परिवार बसेर, गाउँ समाज बसेर समस्या समाधानको बाटो खोज्ने पनि विकल्प हुँदाहुँदै सेलेब्रेटी बन्ने होडमा नेहाले अति नगरेको पनि होईन् । उनीसँगै अन्यले पनि सेलेब्रेटी बन्ने होडमै लागेको देखियो । सेलिब्रेटी बन्न यतिसम्म हर्कत गर्न पुगिन की सरकारी सम्पतिमा तोडफोड र आगजनी समेत गर्न गराउन भ्याईन् ।
नेहा चौधरी यदि वास्तविक पीडित हो भने उसनले न्याय पाउनुपर्छ । नेहा चौधरीले मुद्दा दर्ता गराउँदा उ निर्दोष वा पीडक होईन भन्न सकिने आधार छैन, किनभने अदालतले अहिले केही साबित गरिदिएको छैनन् ।
यता, डाक्टर पँकज चौधरी मिडियामा नआउँदा उनी दोषी हुन र पीडित होईन भन्न सक्ने पनि आधार छैनन् । पँकज आफू चिकित्सक जस्तो पेशामा हुँदा आफ्नो प्रतिष्ठा जोगाउन पनि उनले मिडियाबाट परै बसेको बुझिन्छ । केही मिडियामा सानो अन्तरवार्ता दिएपनि उनले युटुबेहरुको चक्करमा परेनन् । यद्यपी, उनले जागिर पनि गुमाए र ईज्जत प्रतिष्ठा सबै गुमाए । र यो सबै गरिन उनकै श्रीमति नेहा चौधरीले ।
नेहा घरेलु हिँसाबाट पीडित हुँदा उनले न त नगरपालिकाको न्यायिक समितिमा गईन नत्र समाजमै । गाउँले समाजलाई केही नभनी, दुई परिवारबीच बसेर सहमित, समस्या समाधानको बाटो खोज्नुभन्दा सीधा सीधा एकैपटक फेसबुकमै स्टेटस लेखेपनि उनको नियतिमाथि पनि शंका उब्जिएकै हो ।
निकाय र सर–समाज हुँदाहुँदै एकैपटक समाजिक सँजालमै डाक्टर पँकज चौधरीको ईज्जत प्रतिष्ठा, मान, मर्यादा सबै एकै मिनेटमा फालिदिने नेहा चौधरी हुन, अब सोही नेहाले डाक्टर पँकजसँग सम्बन्ध स्थापित गर्न गलत तरिकाहरु अपनाउन थालेकी छन् । यदि पँकजसँग बस्नु नै छ भने पँकजको बचेको प्रतिष्ठा पनि फालेर होईन बचाएर बस्नु उनकै लागि उत्तम हुनेछ ।
कथित अधिकारकर्मीले नेहा चौधरीलाई धकेल्दा उनको जीवन पनि बर्बादीको किनारमै गएर अडिएको हेर्न सकिन्छ । यो शब्द यो सन्दर्भमा भनिएको छ की, मिथिला मधेशमा श्रीमान श्रीमतिबीचको सम्बन्धलाई अटुट मानिन्छ । श्रीमानको प्रतिष्ठान श्रीमतिको लागि सबथोक हुन्छ । तर, नेहा चौधरीले गरेको हर्कतले उनले आफ्नो मात्र होईन दुई परिवारको प्रतिष्ठालाई आगो लगाईदिएकी हुन् ।
पहाडी भेकमा श्रीमान श्रीमतिको साधारण झगडालाई मुद्दा बनाएर झारपाते युटुबरहरुले उनीहरुको सम्बन्ध बिच्छेद गराईदिएको सयौँ उदाहरण हुँदाहुँदै नेहा चौधरीले पुनः त्यही युटुबरहरुको जालमा परेकी छन् ।
युटुबरहरुले नचाहिँदो र नभएकै कुरालाई थम्बनेल बनाएर युटुबमा हाल्दा कम पढेलेखेका समाजिक सँजाल प्रयोगकर्ताहरुले केही नबुझी मात्र थम्बनेल नै हेरी न्यायधिश बनेर पँकजलाई दोषी साबित गरिदिँदैछ । नेहा चौधरीले कथित अधिकारकर्मी र झारपाते युटुबरको चक्करभन्दा कानुनी रुपमा मुद्दा दायर गर्दा सभ्य र शान्त भएर तत्काल बस्नु नै सम्बन्ध बचाउने उत्तम उपाय हुन सक्छ ।
दिनहुँ नेहा चौधरीले युटुबर बोलाएर अन्तरवार्ता दिने गरेकी छिन् । डेढ करोडबाट अब तीन करोडसम्म पुगेकी नेहा चौधरीले तीन करोड रुपैयाँ नै लिन चाहेको मनसाय बनाएको गन्ध पनि आउन थालेको छ । पँकज चौधरी हिरासतमा हुँदा नेहालाई कसले तीन करोडको अफर गर्यो ? को अफर लिएर गयो ? त्यसको खुलासा गर्नुपर्छ, नत्र उनले रुपैयाँकै लागि यस्तो नौटँकी गरेको भनेर यही समाजले भन्न बेर लगाउने छैन् ।
नेहा चौधरी पँकज चौधरीको श्रीमति हुन, उनले आफ्नो अधिकारको लागि लड्नु ठुलो कुरा हो । तर आफ्नो अधिकारको लागि लडदा अरुको अधिकार हनन गर्नु कानुनसँगत होईन् । पीडित नेहा होस वा पँकज न्याय हुनुपर्छ, न्याय पाउनुपर्छ । मुद्दा सम्मानीय अदालतमा हुँदा नेहा चौधरी सेलेब्रेटी बन्न खोज्नु उनकै जीवनको क्षति हुन्छ भनेर होस पनि राख्नुपर्छ ।
TIkTok अगाडी सतिसावित्री, भित्रबाट टिकटोक वेश्यालयको 'वेश्या'
- २०७९ पौष ६ बुधबार
यतिबेला समाजिक सँजालहरुमध्ये टिकटोक प्लेटफर्म सबभन्दा बदनाम प्लटेफर्मको रुपमा परिचित भएको छ । हुनतः फेसबुकको रिल्स, ईनस्टा रिल्सले पनि कैयौँ अनलाइन वेश्याहरु जन्माएकै हुन् । “वेश्या” भन्दैमा हेपिएको होइनन् । वेश्या
पूरा पढ्नुहोस्