डा. सिके राउत बाहेक तीन उपप्रधानसहित ८ मन्त्रीमण्डलको सपथ

२०७९ पौष ११ सोमबार
बेलुकी ५:०१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित ८ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

राष्ट्रपति निवास शितल निवासमा सोमबार उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

शपथ लिनेहरूमा उपप्रधानमन्त्रीत्रय विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछाने छन्। पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात र लामिछानेले गृह मन्त्रीको रूपमा शपथ लिएका हुन्।

मन्त्रीका रूपमा शपथ लिनेहरूमा दामोदर भण्डारी, राजेन्द्र राई, अब्दुल खान र ज्वालाकुमारी साह छन्। मन्त्रीहरूको मन्त्रालय तोकिएको छैन।

  • 0%
  • 0%
  • 33%
  • 0%
  • 0%
  • 0%

लुम्बिनी प्रदेशका चर्चित साहित्यकार ढकालको 'बुह्रान' उपन्यास ल्याउँदै

  • २०७९ पौष ११ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । लुम्बिनी प्रदेशका शिक्षक तथा साहित्यकार महानन्द ढकालले छैठौं साहित्यिक कृतिका रुपमा "बुह्रान" उपन्यास ल्याउने भएका छन् ।  लुम्बिनी प्रदेशका अधिकांश थारू समुदायका बिद्यार्थीहरूलाई अध्यापन गराउँदै आएका ढकालले

पूरा पढ्नुहोस्

Bureau Menus