
न्यूज ब्यूरो, जनकपुरधाम । महोत्तरी जलेश्वरकी निहारिका सिंह राजपुत मुद्दामा डीएनए जाँच गरेका विज्ञलाई झिकाउने आदेश भएको छ ।
उच्च अदालत जनकपुरका न्यायाधीश विष्णुप्रसाद कोइराला र सागर विष्टको संयुक्त इजलासले सो आदेश दिएको हो ।
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारले निहारिकाको बच्चा र आरोपित महेन्द्रनगरका शिवराज श्रेष्ठसँग गत कार्तिक १८ गते ९९।९ प्रतिशत डीएनए मिलेको रिपोर्ट अदालतमा प्राप्त भएको थियो ।
अदालतले गत साउन ८ गते डीएनए जाँच गर्नका लागि आदेश दिएको थियो । अदालतमा सो सम्बन्धमा जाहेरीवलाको तर्फबाट वरिष्ठ अधिवक्ता सुनिता पोखरेल, अधिवक्ता शान्ति रिजाल, रिंकु कुमारी यादव र सह न्यायाधिवक्ता यदुनाथ शर्माले बहस गरेका थिए ।
प्रतिवादीको तर्फबाट वरिष्ठ अधिवक्ता श्याम मिश्रले बहस गरेका थिए ।
आगामी माघ १० गते विज्ञलाई अदालतमा झिकाइ बकपत्र हुने जाहेरवलाको वकिल रिंकु कुमारी यादवले जानकारी दिइन् । उनका अनुसार विज्ञको बकपत्र पछि अर्को पेशी तोकिने छ । त्यही अन्तिम पेशीमा फैसला आउने सम्भावना छ । निहारिकाले जिल्ला अदालत धनुषामा करणी भएको मुद्दा दिएकी थिइन् ।
अदालतले ०७८ माघ २४ गते करणी नभएको फैसला सुनाएको थियो ।
जिल्ला अदालतको फैसलाबाट चित्त नबुझेको भन्दै निहारिकाले ०७८ फागुनमा उच्च अदालत जनकपुरमा पुनरावेदन गरेकी थिइन् । उच्च अदालतले तोकिएको पेशी सुनुवाइ नगरेको र प्रतिवादीसँग अदालत मिलेको भन्दै उनले काठमाण्डुमा दोस्रोपटक आमरण अनशन गरेकी थिइन् ।
सोही क्रममा निहारिकाले राष्ट्रपति भवन अगाडि आत्मदाह गर्ने प्रयास गरेपछि मुद्दा फास्ट्रयाकमा अघि बढेको थियो ।
मधेश प्रदेशः बारामा दुई दिनमा दुई जनाको हत्या
- २०७९ पौष २२ शुक्रबार
न्यूज ब्यूरो, बारा । मधेश प्रदेशको बारा जिल्लामा दुई दिनमा दुई जनाको हत्या घटनाले तरँग भएको छ । बारामा हत्याको श्रृङखला शुरू भएको छ । एउटै नगरपालिकामा दुईदिनमा दुईजनाको हत्या
पूरा पढ्नुहोस्