रिलिज भएको ३ बर्षपछि थारु गीत 'पतली कमरिया मोरी आय हाय हाय' बन्यो भाईरल

२०७९ पौष २२ शुक्रबार
बिहान ०८:४९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मिथिलाञ्चल र मधेशभन्दा फरक र बलियो साँगितक पक्कड भएको थारु गीत सधैँ चर्चामा रहँदै आएको छ । 

थारु भाषाको गीतमा अन्जु चौधरीलाई नेपालको अल्का याज्ञनिक मानिन्छ । थारु भाषाको गीत समाजिक सँजालमा जहिले पनि आफ्नो पक्कड मैथिली, भोजपुरीभन्दा अधिक मन पराएको देखिएको छ । 

सोही क्रममा अहिले समाजिक सँजालमा भाईरल बनेको पतली कमरियमा मोरी आय हाय हाय बोलको गीतलाई अन्तराष्ट्रि जगतमा नयाँ नाम भेटाएको छ । 

शून्य अश्लिलतामा गीत गाउँदै आएको थारु कलाकारहरु मधेशको चुटपुटिया र तेस्रो दर्जाका गायकभन्दा हजारौँ गुणा बढी मन पराएका कलाकारहरु मध्येका हुन् । 

सन् २०१९ मै आरकेसी डिजिटल अधिकारिक च्यानलबाट अपलोड गरिएको थारु सँस्कृतिको आईटम गीत पतली कमरिया मोरी आय हाय हाय निकै नै भाईरल बनेको छ । 

थारु कलाकारहरुको बेजोड सँगम रहेको सो गीतमा थारु कलाकारहरुले अभिनय पनि गरेका छन् । सो गीत राज कुशमीले लेखेका छन् भने गीत राज कुशमी र अन्जु कुशमी मिलेर गाएका छन् । 

सो आईटम गीतको लागि सँगीत भने गणेश चौधरी र राज कुशमीले आफैँ भरेका छन् । ड्रिम रेकर्डिङग स्टुडियो काठमान्डोँमा ३ बर्ष अघि रेकर्ड गरिएको यो गीत ३ बर्षपछि रेकर्ड कायम गरेको छ । 

अहिले पतली कमरिया बोलको गीत समाजिक सँजाल टिकटोक, ईन्टा रील, फेसबुक, युटुब शर्टमा निकै भाईरल बनेको छ । 

  • 6%
  • 18%
  • 0%
  • 6%
  • 6%
  • 6%

शहिदनगर नगरपालिकाले ल्यायो ५८ करोड बढी बजेट 

  • २०७९ पौष २२ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिकाले नयाँ आर्थिक वर्षका ०८०/०८१ का लागि ५८ करोड ३८ लाख ९ हजार रुपैयाँको अनुमानित बजेट ल्याएको छ । आइतबार नगरपालिका नगर प्रमुख दिनेश प्रसाद

पूरा पढ्नुहोस्

Bureau Menus