
न्यूज ब्यूरो, सिरहा । मधेश प्रदेशको सिरहा जिल्लास्थित गोलबजार नगरपालिका वडा नम्बर ८ (साबिक ९) मा रहेको पैन्झाउ भनिने सार्वजानिक पोखरी एक व्यक्तिले आफ्नो निजि नाममा लुकाईछिपाई गर्न लागेको तथ्य खुलासा भएको छ ।
सिरहा नापीशाखाबाट गएको बिशेष अमिन टोलीद्वारा सोहि पैन्झाउ पोखरी नापजोख गर्दा स्थानिय बासिन्दाहरुले सोहि बिशेष टोलीबाट आएका अमिनहरुलाई नापजोखामा रोक लगाएपछि सार्वजनिक पोखरी व्यक्तिको नाममा गएको आशंका गरिएको छ ।
गोलबजार नगरपालिका वडा नम्बर ८ बस्ने कृष्ण कुमार सिंहले सार्वजनिक जग्गा आफ्नो निजि नाममा लुकाई छिपाई गर्न लगाएको स्थानियहरुले आरोप लगाएका छन् ।
सो सार्वजानिक पैन्झाउ भनिने पोखरी निज गणपति महतोको बाजे पवित्र महतोको नाउँमा रहेको तर २०२६ सालमा निज गणपति महतोको बाजेले सार्वजानिक सम्पति भनेर घोषणा गरेको स्थानियहरु बताउँछन।
यता, कृष्णा कुमार सिंहले सोहि पोखरीलाइ आफ्नो निजि सम्पति हो भनेर दाबि गरेका छन। आफु संग पोखरीको सम्पूर्ण कागजातहरु रहेको बताउँछन। सोहि एक स्थानियका अनुसार सोहि पोखरी सुकुम्बासीको नाममा गरेको बताउँछन।
मलँगवा घटनामा मधेशका मुख्यमन्त्री किन 'बौक'
- २०७९ पौष २४ आइतबार
सम्पादकीय । मधेश प्रदेशको सर्लाही जिल्लाको सदरमुकाम मलँगवा अहिले तनावग्रस्त छ । दुई समुदायबीचको पटक पटक झडप, झगडाले मलँगवा विगत ५ दिनदेखि नै तनावग्रस्त रहेको छ । यसअघि हिन्दु धर्मावलम्बीहरुले मनाउने
पूरा पढ्नुहोस्