
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा र सिरहा जोडने बहुप्रतिक्षित कमला पूलमा बनाईएको अस्थायी काठे पुल सोमबार भत्काउन लाग्दा नगर प्रहरीले रोकिदिएको छ ।
कमला नदीमा सिरहा तर्फको बसबिटट घाटमा सार्वजनिक पूलमाथि बनाईएको अस्थायी काठको पूल सोमबार भत्काउन लाग्दा जानकारी पाएपछि तुरुन्तै पुगेको सिरहा नगरपालिकाको नगर प्रहरीले उनीहरुलाई रोकेको हो ।
आम जनतालाई आवतजावतको लागि निर्माण गरिएको अस्थायी पूल पार गरेवापत १०० रुपैयाँ लिदै आएकोमा प्रहरीले मात्र २० रुपैयाँ लिनुपर्ने सहमति गराईदिएपनि पूल बनाउने स्थानीयहरुले घाटा लागेको भन्दै पूल भत्काउन खोजेका थिए ।
नगर प्रहरीका सई राजेश यादवले जानकारी पाएलगत्तै सो स्थानमा पुगेर ठेकेदारलाई पक्राउ गरेको हो । अस्थायी पूल बनाएर दैनिक हजारौँ रुपैयाँ असुल्दै आएको ठेकेदार फुली दासलाई पक्राउ गरिएको हो ।
महिनौदेखि दैनिक २० देखि ३० हजार रुपैयाँसम्म असुली गरेर सरकारलाई कुनै प्रकारको कर समेत नतिरी प्रहरीले मात्र २० रुपैयाँ लिन भनेपछि घाटा लागेको भन्दै भत्काउन खोजेका थिए । केही हजारको लगानीमा बनाएको सो पूलबाट अहिलेसम्म लाखौँ रुपैयाँ कमाएर पनि घाटा लागेको भन्दै भत्काउन खोजेका थिए ।
नगर प्रहरीका सई यादव पुगेर उनलाई पक्राउ गर्नुको साथै पूल भत्काउनै नदिने बताएका छन् । आम सर्वसाधारणहरुले तिरेको सयौँ रुपैयाँबाट त्यो पूल चलिरहने बताए । उनले अब यसलाई करको दायरामा ल्याएर भएपनि स्थायी पूल नबनेसम्म आवतजावतको लागि निरन्तर गर्नुपर्ने धारणा राखे ।
उनले जाली समिति बनाएर लाखौँ रुपैयाँ असुलेको बताउँदै तैपनि घाटा लागेको भन्दै भत्काउन खोज्दा भत्काउन नदिएको र ठेकेदारलाई पक्राउ गरेको बताए ।
अब सो पूल तर्न एक रुपैयाँ पनि नलाग्ने नगर प्रहरी यादवले बताए । पूल मर्मत सम्भारको लागि सिमित र अति कम रकम लगाउनुपर्ने धारणा राखे ।
बुद्ध धर्ममा जनस्वास्थ्य खोज्दै जाँदा...
- २०७९ पौष २५ सोमबार
- सूर्यनारायण चौधरी
बुद्ध जयन्तिको सार्बजानिक बिदा हामि चिया गफमा थियो । म संगै गएको भाइले भन्यो बुद्धको देश भनेर विश्वमा चिनिने नेपालमा किन कम व्यक्तिले बुद्ध धर्म मान्दछ ? अनि बुद्ध धर्मले
पूरा पढ्नुहोस्