मधेश एकता समाज दुबईको अध्यक्षमा ठाकुर सर्वसम्मत

२०७९ पौष २५ सोमबार
रति १०:२८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, दुबई । युएई दुबईमा मधेशी समाजसेवीहरुको छाता सँगठनको रुपमा रहेको मधेशी एकता समाजको अध्यक्षमा कृष्ण ठाकुर सर्वसम्मत चयन भएका छन् । 

ठाकुरकै अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै मधेसी एकता समाज युएईको दोस्रो महाधिवेशन सम्पन्न भएको छ।

गत शनिबार दुबईमा सम्पन्न महाधिवेशनले युएईका सामाजिक गतिविधिहरुमा नेतृत्वदायी भुमिका निभाउँदै आएका ठाकुरको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो।

नवनिर्मित समितिको सहअध्यक्षमा धर्मेन्द्र गोहियार चयन भएका छन् भने उपाध्यक्षहरुमा लालबाबु सिंह,अनिलकुमार साह, मनोज यादव, राम साह, दयाशंकर राजभर, सगीर सफी र डाक्टर मितुशी मित्तललाई चयन भएका छन्।

त्यसैगरी महासचिवमा रोशन देव, कोषाध्यक्षमा अम्बिका शाह, सह(कोषाध्यक्षमा राकेश तिवारी चयन भएका छन्। यस्तै सचिवमा सन्दिप यादव, नवीन यादव, मनोज यादव, अमरेन्द्र यादव, सन्दिप यादव, विमल साह, श्रीदेव सहनी, विजय यादव भएका छन् भने सांस्कृतिक विभागको संयोजकमा भोला पासवान , युवा विभागको संयोजकमा श्रवन शाह, महिला विभागको संयोजकमा प्रियङ्का साहलाई चयन गरिएको छ।

यसैगरी सदस्यहरुमा नेहा साह, मनोहर राय, रञ्जित साह, राम सोगरथ पजियार, पञ्चु कामती, रामपुकार यादव, प्रमोद ठाकुर, रामसागर यादव, मोजिबुल रहमान, रामानन्द सरदार, सञ्जय यादव, सदाकत हुसेन र ईश्वर चौधरी चयन भएका छन् भने प्रवक्तामा ललित रे चयन भएका छन्। 

संस्थाका निवर्तमान अध्यक्ष मुकेश झाको सभापतित्वमा सम्पन्न महाधिवेशनमा संस्थाका संस्थापक डा। रविन्द्र कुमार यादवको प्रमुख आतिथ्य रहेको थियो भने विशेष अतिथिको रूपमा डा। बबि सिंह यादव सहभागी भएका थिए। 

नवनिर्वाचित समितिका पदाधिकारीहरुलाई कार्यक्रमका प्रमुख अतिथि डा. रविन्द्र कुमार यादव र विशेष अतिथि डा। बबि सिंह यादवले बधाई तथा शुभकामना दिएका थिए भने नवनिर्वाचित अध्यक्ष कृष्ण ठाकुरले संस्थालाई नेपालमा समेत दर्ता गरेर विश्वभर विस्तार गर्ने बताए। उनले संंस्थालाई युएईमा अझै क्रियाशिल एवम् सक्रिय बनाएर अघि बढ्ने समेत बताए।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनमत पार्टीका सिरहा ईन्चार्ज यादवलाई पार्टीले सोध्यो स्पष्टिकरण 

  • २०७९ पौष २५ सोमबार

न्यूज ब्यूरो, सिरहा । डा. सिके राउत नेतृत्वको जनमत पार्टीको सिरहा जिल्ला कार्य समिति अध्यक्षलाई स्पष्टिकरण सोधिएको छ ।  सिरहा जिल्ला ईन्चार्ज विनोद कुमार यादवलाई पार्टीले शुक्रबार स्पष्टिकरण सोधेको हो ।

पूरा पढ्नुहोस्

Bureau Menus