
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकाको नवौँ नगरसभा सम्पन्न भएको छ ।
शनिबार नगरपालिकाको प्रमुख जीतनारायण यादवको प्रमुख आतिथ्यमा हिउँदे अधिवेशन सम्पन्न भएको हो । गत असारमा ल्याईएको योजनाहरुमा थपघट गर्नको लागि आगामी योजना कार्यतयार गर्ने गरी नर्वौ हिउँदे अधिवेशन गरिएको हो ।
नगर उपप्रमुख तुलसा कुमारी पाण्डले प्रथम चौमासिकको आय–व्यव प्रस्तुत गर्दै आगामी दुई चौमासिकको कार्यक्रमहरुको बारेमा उल्लेख गरेकी थिइन् ।
“आऔ जुटौं एकै साथ बनाउ समृध र सबल नगर गणेशमान चारनाथ” मुख्य नाराको साथ हिउँदे अधिवेशन सम्पनन गरिएको हो ।
नवौँ अधिवेशनको लागि कार्यपालिका सदस्यहरुले हरियो झण्डी देखाएपछि सर्वसहमतिबाट अधिवेशन गरिएको मेयर यादवले जानकारी दिए ।
अधिवेशनमा विशिष्ट अतिथिको रुपमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईनिजनीयर लखनदेव यादवले कार्यक्रम सँचालन गरेका थिए । नगरपालिकाको कर्मचारी, जनप्रतिनीधि, कार्यपालिका सदस्य, बुद्धिजीवीहरुको समेत सहभागीता रहेको थियो ।
धनुषाको बाबा जनक डेरी उद्योगमा सार्वजनिक सुनुवाई, किसानहरुलाई यन्त्र र अनुदान बारे जानकारी
- २०७९ पौष ३० शनिबार
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर १ बीरेन्द्रबजारस्थित रहेको बाबा जनक डेरी उद्योगमा सार्वजनिक सुनुवाई गरिएको छ । बाबा जनक डेरी उद्योगका सँचालक श्रवण कुमार महतोको
पूरा पढ्नुहोस्