शोक विदा होइन, थोत्रो जहाजलाई ब्यान गर

२०७९ माघ २ सोमबार
बिहान ०९:०३ बजे
काशिन्द्र कुमार शर्मा

सम्पादकीय । माघे सँक्रान्तिकै दिन ७२ जनाको ज्यान जाने गरी भएको कालो जहाज दुर्घटनाका मृतकहरुप्रति श्रद्धाञ्जली । मृतकका शोकसन्तप्त परिवारप्रति गहिरो संवेदना प्रकट गर्दछु । हाम्रा सरकारले पनि सोमबार माघ २ गते एकदिनको लागि राष्ट्रिय शोक विदा दिएको सर्वविदितै छ । 

देखावटी मात्र रहेको यो शोक विदा किन र केको लागि दिइएको भनेर अझै सरकार आफैँ प्रष्ट छैनन् । हैसियतको आधारमा हुने भेदभावको विदा हो की साँच्चिकै राष्ट्रका सम्पूर्ण नागरिक शोकमै हो ? पक्कै पनि होइनन् । दुर्घटनापछि बिमा क्लेम गर्ने जहाज कम्पनीलाई पनि उत्तिकै शोक त छैनन् होला । 

हो, बच्चाबुच्चीले बनाउने अस्थायी जहाजझैँ मजाक मजाकमा उडान गर्न लगाई सयौँको ज्यान लिने मजाककर्मी सरकारलाई के को शोक ? आफ्नै नागरिकको ज्यानलाई कौडीको भाउमा लास बेच्ने सरकारले शोक विदा दिएको पटक्कै पचेनछ । 

आईतबार बिहान पोखराको लागि उडेको यति एयरलाईन्सको एटिआर बिमान ल्याण्डिँग हुनुभन्दा १० सेकेण्ड पहिले दुर्घटना हुँदा जहाजको ४ क्रु मेम्बरसहित ६८ यात्रुले ज्यान गुमाएको पुष्टि भएको छ । हतार हतारमा सरकारले सोमबार “शोक विदा” भनेर सार्वजनिक विदा दिए । यो विदाको अर्थ के ? विदा किन ? विदाको कारण के ? अझै नागरिकहरु समाजिक सँजालमा प्रश्न पोखिरहेका छन् । 

सयौँ ज्यान मजाक मजाकमा लिने जहाज कम्पनी र त्यस्ता जहाजलाई खुल्ला आकाशमा उडन अनुमति दिने सरकार, सम्बन्धित निकायको लागि पुनः यो अर्को मजाक मात्र हुन सक्छ शोक कदापी हुन सक्दैनन् । 

टिभीमा भएको बेला पूर्व पत्रकार एवम् वर्तमान अपूर्ण सरकारको गृहमन्त्री रवि लामिछानेले टिभीमा हुँदा कराउँथे पनि , अहिले गृहमन्त्री हुँदा एक दिने शोक विदा दिएर यही घटनालाई ढाकछोप गरी आम नागरिकको ध्यान भटकाउने प्रयत्न गरिएकै हो भनेर अडकल चलेको छ । पावरमा हुँदा निर्णय लिन सक्ने क्षमता हुनुपर्छ । 

यो एक पटकको घटना दुर्घटना होइनन, पटक पटक केही महिनाकै अन्तरालमा मात्र यति एयरलाईन्सको जहाज दुर्घटनामा पर्नु मौसम र भौगोलिक कारण मात्र पक्कै पनि होइनन । यसको कारण अदक्ष कर्मचारी र थोत्रा जहाज मात्र हो । एक ट्रिपमा लाखौँ कमाउने योजना बुनेका जहाज मालिकहरुले विदेशबाट ल्याएको थर्ड ह्याण्ड जहाजलाई नेपाल जस्तो भोगौलिक र मौसम प्रतिकुल भएको आकाशमा उडाउन दिनु भनेको हत्याको लाईसेन्स दिनु सरह हो । 

आईतबार भएको यति एयरलाईन्सको विमान दुर्घटना होइन, राज्य र सरकारद्धारा बुनेको हत्याको जालो सफल भएको मात्र होइन भनेर कसरी नभन्नु ? दैनिक रुपमै हुनुपर्ने जहाजको प्राविधिक परीक्षण बिना नै बेमतलवी उडान भर्नेहरुलाई कारवाही गर्ने निकाय मरेर भएको यो घटना हो । भ्रष्टाचारले मातेका निकाका कर्मचारीहरुले कति पटक सरकारलाई यहाँको जहाजको प्रविधि परीक्षणको रिपोर्ट बुझाएको र सो रिपोर्टमाथि सरकारले एक्सन लिएको त ? एक पटकमै साँस तोडने पुराना थोत्रा जहाजहरुलाई तीन तीन पटकसम्म उडान भर्न दिने निकाय यसको मुख्य दोषी हुन् । 

यतिसँग लेबी लिएर सयौँ ज्यानको आहुति दिन लगाउने यी निकम्मा सरकार र निकम्मा नागरिक उडयन मन्त्रालयका पदाधिकारीलाई कानुन बमोजिम कारवाहीको भागिदार बनाउनुपर्छ । यो घटनामा राष्ट्रिय शोक विदा होइन सरकार, हेल्थ चेकअपमा मेडिकल फेल भएका जहाजलाई सदाको लागि विदा गर्नुपर्छ । थोत्रा जहाज मात्र चलाउने यति एयरलाईन्सको जहाजलाई नागरिक, यात्रुहरुले पनि बायकोटट् गर्नुपर्छ । 

समग्रमा भन्दा यति एयरलाईन्स र सरकारले जानेबुझेर गरेको प्रि–प्लानेड मर्डर भन्न सकिन्छ । राष्ट्रिय शोक विदा दिएर सरकारले आफ्नो नाकामी र निकम्मपन साबित गरेको छ । विदा दिएर यहाँ शोक मनाउनेभन्दा पार्क, ताल तलैया, पिकनिक गरे खुसीयाली मनाउनेको सँख्या अधिक हुन्छ भनेर समान्य ज्ञान पनि नराख्ने सरकारले थोत्रा जहाज सँचालन गर्ने कम्पनिलाई ब्यान गर्नुपर्छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

डा. सिके राउतको चुनौतिपूर्ण भाषणले हल्लाएको यादवको सम्राज्य  

  • २०७९ माघ २ सोमबार

सम्पादकीय । निरन्तर चर्चामै रहँदै आएका जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतको एक भाषणले ८ जिल्ले मिनी–मधेशमा उपेन्द्र यादवको समराज्यलाई हल्लाएर राखिदिएको छ ।  २०७९ सालको प्रतिनीधिसभा चुनावमा ठुलो र

पूरा पढ्नुहोस्

Bureau Menus