
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल आयल निगमलाई भारतको भारतीय आयल कर्पोरेशनले नयाँ मूल्यसूचि पठाएको छ । आइतबार प्राप्त नयाँ मूल्यअनुसार डिजेलको मूल्य घटेको र पेट्रोलको मूल्य भने बढेको निगमले जनाएको छ ।
नयाँ लागत मूल्य सूचीअनुसार डिजेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ ७० पैसा घटेर आएको छ भने पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेर आएको निगमको आपूर्ति तथा वितरुण विभाग प्रमुख वीरेन्द्र गोइतले बताए ।
भारतबाट नयाँ मूल्य प्राप्त भएपनि निगमले भने आन्तरिक बजारको उपभोक्ता मूल्य घटाउनेबारे निर्णय भने गरिसकेको छैन ।
म्याच फिक्सिँगको आरोपमा महबुब आलम र आदिल अन्सारी पक्राउ
- २०७९ माघ २ सोमबार
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोपमा दुईजना क्रिकेटर पक्राउ परेका छन् । पक्राउ पर्नेमा पूर्व क्रिकेटर महबुब आलम र आदिल अन्सारी छन् । उनीहरुलाई
पूरा पढ्नुहोस्