सरकारमा नजाने यादवको अडान

२०७९ माघ ३ मंगलबार
बिहान ०८:३१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, काठमान्डौँ । जनता समाजवादी पार्टी (जसपा) ले मन्त्रालय भागवण्डाप्रति असहमति जनाएको छ । यही अवस्थामा सरकारमा नजाने उसको अडान छ ।

सोमबार बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिए । एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुले जसपालाई २ वटा मन्त्रालय लिन आग्रह गरेका थिए ।

तर यादवले अस्वीकार गरेका छन् । उनले भने, ‘भागवण्डाको विषयमा जसपाको असहमति छ । यही हालतमा सरकारमा जान अस्वीकार गरेको छ ।’

जसपा अध्यक्ष यादव प्रस्तावित मन्त्रीको संख्या र मन्त्रालयमा सन्तुष्ट छैनन् । साथै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र राजनीतिक नियुक्तिबारे समेत प्याकेजमा सहमति हुनुपर्ने उनको अडान छ ।

 स्रोतका अनुसार जसपाले उपराष्ट्रपति लिन चाहेको छ, जुन दिन माओवादी तयार छैन ।

सत्ता साझेदार दलहरुले जसपासँग समझदारी कायम गर्ने जिम्मा माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएका छन् ।

  • 3%
  • 67%
  • 3%
  • 3%
  • 3%
  • 18%

अधिकृत यादवले जाली साइन गरेको खुलासा, एउटै पालिकामा दुई अधिकृत ?

  • २०७९ माघ ३ मंगलबार

न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले जाली कागजात खडा गरेको पाइएको छ ।  महोतरी जिल्लाको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत संजय बाबु

पूरा पढ्नुहोस्

Bureau Menus