प्रचण्ड नेतृत्वको २२ जनाको मन्त्रीमण्डल तयार, मधेशबाट को-को बने मन्त्री ?

२०७९ माघ ३ मंगलबार
दिउसो २:०५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा मँगलबार मन्त्रीपरिषद् विस्तार भएको छ । मंगलबार नियुक्त भएका मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ पनि लिएका छन् ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री भएकाहरुले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रिय प्रजात्नत्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जा तथा जलस्रोत मन्त्रीको शपथ लिएका छन् ।

माओवादीबाट रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधिमन्त्री र अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भएका छन् ।

यस्तै सुदन किराती पर्यटन तथा नागरिक उड्ययनमन्त्री र सुशीला श्रीपाली भौतिक पूर्वाधार राज्यमन्त्री भएकी छन् । माओवादीबाटै नारायणकाजी श्रेष्ठ यसअघि नै उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री भइसकेका छन् ।

नेकपा एमालेबाट डा. विमला राई पौडेल, पदम गिरी, भगवती चौधरी र हरि उप्रेती मन्त्री नियुक्त भएका छन् । पौडेल परराष्ट्र र गिरी स्वास्थ्य मन्त्री बनेका छन् ।

राप्रपाबाट सहरी विकासमन्त्रीमा उपाध्यक्ष बिक्रम पाण्डे र कानुनमन्त्रीमा ध्रुवबहादुर प्रधान रहेका छन् । राप्रपाबाटै दीपक सिंह उर्जा राज्यमन्त्री बनेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याललाई श्रम र शिशिर खनाललाई शिक्षा मन्त्री नियुक्त भएका छन् । यस्तै तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा बनेकी छिन् । रास्वपा अध्यक्ष रवि लामिछाने यसअघि नै उपप्रधानमन्त्री तथा गृहमन्त्री भएका थिए ।

मधेशबाट अहिलेसम्मको मन्त्रीमण्डल अनुसार डा. सिके राउत नेतृत्वको जनमत पार्टीका अब्दुल खान र एमालेकी ज्वाला साह मात्र मन्त्री पदको सपथ लिएका छन् । तर, खान अझै बिना विभागीय मन्त्री रहेका छन् । उनलाई अहिलेसम्म कुन मन्त्रालयको कुन विभागको मन्त्री तोकिएको उल्लेख छैनन् । ज्वाला कृषि मन्त्री बनेकी हुन् ।

  • 91%
  • 0%
  • 1%
  • 0%
  • 0%
  • 0%

लुम्बिनी प्रदेशका चर्चित साहित्यकार ढकालको 'बुह्रान' उपन्यास ल्याउँदै

  • २०७९ माघ ३ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । लुम्बिनी प्रदेशका शिक्षक तथा साहित्यकार महानन्द ढकालले छैठौं साहित्यिक कृतिका रुपमा "बुह्रान" उपन्यास ल्याउने भएका छन् ।  लुम्बिनी प्रदेशका अधिकांश थारू समुदायका बिद्यार्थीहरूलाई अध्यापन गराउँदै आएका ढकालले

पूरा पढ्नुहोस्

Bureau Menus