भोजपुरीया कलाकार यादव नाचेपछि बर्जु महोत्सवमा यसपाली पनि झडप, पाँच घाईते

२०७९ माघ ३ मंगलबार
रति ९:४५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सुनसरी । गत वर्ष सुनसरीको बर्जु महोत्सवमा खेसारीलाल यादवलाई लिएर भएको झडपमा लाखौँको क्षति भएका एक वर्षपछि पुनः खेसारीलाल यादव आउँदा झडप भएको छ । 

चौथौ बर्जु महोत्सवको क्रममा भोजपुरिया कलाकार खेसारीलाल यादव स्टेजमा नाचिरहेको समयमा झडप हुँदा पाँच जना घाईते भएका छन् । 

मंगलबार सुनसरीको बर्जु गाउँपालिका वडा नम्बर ६ स्थित आयोजित बर्जु महोत्सवमा भारतीय भोजपुरी कलाकार खेसारीलाल यादव सहभागी कार्यक्रममा झडप भएको हो । 

झडपमा दुई जना दर्शक र तीन जना प्रहरी सामान्य घाइते भएका हुन् । प्रहरीले कार्यक्रम स्थलमा ढुंगामुडा गर्ने एक जनालाई पक्राउ गरेको छ ।

गत वर्ष माघ ४ गते बर्जु महोत्सवमा यादव सहभागी हुने कार्यक्रममा पनि झडप भएको थियो । यादवलाई स्थानीय प्रशासनले कार्यक्रमस्थलमा जान नदिएपछि आक्रोशित भिडले यादवको टिमले प्रयोग गर्ने भारतीय नम्बर प्लेटका चारवटा स्करपियो गाडी जलाएको थियो । 

स्टेज तोडफोड गरेको समूहले साउन्ड सिस्टम र कार्यक्रमस्थलमा प्रयोग गरिएको लाइट पनि तोडफोड गरेको थियो ।

यो पटकको महोत्सवमा पनि यादवलाई बोलाइएको थियो । यादव सहभागी हुने कार्यक्रमको टिकट शुल्कको विषयमा विवाद हुँदा सामान्य झडप भएको हो ।

सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले महोत्सवमा टिकटको विषयमा सामान्य विवाद भएको बताए । टिकटको विषयमा विवाद गर्न खोजेपछि एक जनालाई नियन्त्रणमा लिएको उनले बताए । भिडलाई नियन्त्रणमा लिने क्रममा तीन जना प्रहरी र कार्यक्रमस्थल पुगेका २ जना सामान्य घाइते भएको उनले बताए ।

यादव सहभागी कार्यक्रममा २५ हजार भन्दा बढी दर्शक पुगेका थिए । ‘कार्यक्रममा २५–२६ हजार दर्शक सहभागी थिए,’ ढकालले भने, ‘कार्यक्रम सकेर कलाकारलाई गन्तब्यमा पठाएर हामी फर्कियौं ।’

गत वर्ष पनि झडप भएका कारण कार्यक्रमको सुरक्षाका लागि यसपालि प्रहरीले सतर्कता अपनाएको थियो । खेसारीलाल यादव टिमको नाच हेर्न विभिन्न गाउँबाट दर्शकहरु जुटेका थिए ।

  • 29%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरः बरिष्ठ प्रहरी हलब्दार पाण्डे तस्कर सुरेश साहको घरसम्म पुरयाउँछन लाखौँको अवैद्य समान 

  • २०७९ माघ ३ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । सीमा तस्करीलाई नियमन गर्ने निकायकै प्रहरीले तस्कारको गोदामसम्म अवैद्य समान पुरयाउने गरेको भन्दा पत्यार नलाग्ला तर धनुषाका एक प्रहरी हबल्दारले तस्करको घरसम्म समान पुरयाउने जिम्मा उठाएका

पूरा पढ्नुहोस्

Bureau Menus