भारतबाट नेपाल ल्याउँदै गर्दा बोर्डरबाटै ३५ लाखको अवैद्य समान बरामद

२०७९ माघ ४ बुधबार
बिहान ०८:५९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा प्रहरीले भारतबाट भन्सार छली गरी नेपाल भित्र्याउँदै गरेको ३५ लाख भन्दा बढीको समान बरामद गरेको छ ।

प्रहरीले पुस ३० देखि मंगलबारसम्ममा विभिन्न मितिमा गरी ३५ लाख २६ हजार २ सय ५५ रुपैयाँ मूल्य बराबरको अवैध सामान बरामद गरी जनकपुर भन्सार कार्यालयलाई बुझाएको छ । 

गत पुस ३० गते साँझको समयमा जनकपुरधाम उपमहानगरपालिका–२५ लोहनास्थित सडकखण्डबाट ६ लाख ३६ हजार ३ सय बराबरको किरानाका सामानहरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए । सो क्रममा प्रहरीले ज १ ह ४७८१ नम्बरको अटो रिक्सा चालक जनकपुरधाम उपमहानगरपालिका –२५का सन्तोष झा धनुषाको धनौजी गाउँपालिका–३का जाहिर नदाफ सहितकालाई समेत प्रहरीले नियन्त्रणमा लिएका थिए ।

त्यसै गरी गत माघ १ गते जिल्लाको औरही गाँउपालिका–२ स्थित भारतबाट अवैध रुपमा भन्सार छली चोरी गरी बा.प.०२–०२७ च. ६५२२ नम्बरको बोलेरो पिकअप गाडीमा पापरलगायतका सर–सामान लोड गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरी टोलीले फेला पारी चेकजाँच गर्दा उक्त सर–सामानको आवश्यक बिल बिजक नभएकोले नियन्त्रणमा लिएको जनाइएको छ ।

 पिकअप गाडीसहित जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ का गोपिचन्द्र मण्डलको ३७ वर्षीय छोरा भोगेन्द्र मण्डललाई नियन्त्रणमा लिइ बोलेरो गाडी र पापरसहितका सामान गरी २५ लाख ६० हजार बराबरको सामान मंगलबार भन्सार कार्यालय जनकपुरधाममा बुझाइएको जानकारी समेत क्षेत्रीले दिए । 

त्यसैगरी आइतबार राति १० बजेको समयमा जनकपुर उप महानगरपालिका वडा नम्बर २२ स्थित सडक खण्डमा ३ वटा मोटरसाइकलमा भारतबाट भन्सार छली गरी ल्याइएको ३ लाख २ ९ हजार ९ सय ५५ बराबरको किराना समान लोड गरी ल्याउँदै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइ मंगलबार भन्सार कार्यालय जनकपुरधाममा बुझाइएको छ ।

  • 0%
  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%

सिरहामा दारु तस्करीको मुख्य भिल्लेन बिओपीका सशस्त्र प्रहरी, पेलिए मात्र नेपाल प्रहरी

  • २०७९ माघ ४ बुधबार

न्यूज ब्यूरो, सिरहा । सिरहाको माडर नाकाबाट भईरहेको व्यापक दारु तस्करीमा बिओपीको मिलोमत्तो हुँदै आएको छ । सीमा सुरक्षामा खटिएका र तस्करी रोक्न मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरी र सीमानाकामा

पूरा पढ्नुहोस्

Bureau Menus