
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाको गिद्दा बेलापट्टी समुदायिक विद्यालयमा निर्माण गरिएको सरस्वति मन्दिरमा सरस्वतिको मूर्ति स्थापना गरिएको छ ।
विदेह नगरपालिका वडा नम्बर ६ गिद्धाबेलापट्टि (तिनकोरियोचोक) स्थित रहेको जनता नमुना माध्यमिक विद्यालयमा नव निर्मित सरस्वति मन्दिरमा प्राणप्रतिष्ठा गरी मूर्ति स्थापना गरिएको हो ।
विदेह नगरपालिकाका मेयर बेचन दासको अध्यक्षता तथा एमालेका धनुषा निर्वाचन क्षेत्र नम्बर २ प्रत्यासी उम्मेदवार उमाशंकर अरगरियाको प्रमुख आतिथ्यमा हिन्दु परम्परा अनुसार विधिपूजन गरी मूर्ति स्थापना गरिएको हो ।
सोही विद्यालयमा अर्को मन्दिरमा बजरँगबलीको मूर्ति स्थापना समेत गरिएको हो । विद्यालयमा हनुमान आराधनाको आयोजना गरी बजरँगबलीको मूर्ति स्थापना गरिएको हो । दुबै मंदिरको मूर्तिको दाता डा. सत्यनारायण यादव हुन ।
सो विद्यालयमा मेयर बेचन दासले दुवै मन्दिर निर्माण गराएका हुन् । विद्यालयको भवन स्तरोन्नतिको लागि समेत मेयर दासले नै योजना बनाएका थिए ।
सो पूजापाठको क्रममा विद्यालयका प्रधानाध्यापक पवन मण्डल, वडाध्यक्ष, वडा नम्बर ५ का वडाध्यक्ष राधेश्याम गोईत लगायतले पूजापाठमा बसेका थिए ।
- २०७९ माघ ६ शुक्रबार