
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको ईलाका प्रहरी कार्यालय यदुकूहाले शुक्रबार विभिन्न स्थानबाट बरामद गरी ल्याएको अवैध घरेलु मदिरा नष्ट गरेको छ ।
धनुषाको सहिद नगरपालिकाबाट २०५ लिटर घरेलु मदिरा प्रहरीले बरामद गरी स्थानीय जनप्रतिनिधि र सद्रभलादमी राखेर नष्ट गरेको प्रहरी निरीक्षक हरिबिष्णु ढकालले जानकारी दिए ।
घरेलु मदिराका कारण घरेलु हिंसा, लुटपाट, दुर्घटना, चोरी, झैझगडा, सामाजिक–परिवारिक कलहलगायतका अपराधजन्य घटना न्यूनीकरण गर्ने उदेश्य घरेलु मदिरा नष्ट गर्ने अभियानलाई तीव्र पारिएको प्रहरी निरीक्षक ढकालले बताए ।
‘समाजमा हुने गरेका अधिकांश आपराधिक घटना मदिराजन्य पदार्थ सेवनकै कारण भएको देखिन्छ,’ उनले भने, ‘आपराधिक घटनाको अनुसन्धानबाट मूल कारण मदिरा भएको देखिएको छ ।’ घरेलु मदिरा सजिलै पाउने भएकाले यसको सेवनबाट मातिएकाहरूले आपराधिक घटना घटाएको पाइएको उनले बताए ।
समाजमा झैझगडा र अपराधको एउटा मुख्य कारण रूपमा रहेको अवैध घरेलु मदिरा भएकाले नियन्त्रणमा लिएको प्रहरीको दाबी छ।
केही दिन अगाडी मात्र धनुषाको सबैला प्रहरीले सयौँ लिटर अवैद्य घरेलु मदिरा नष्ट गरेको थियो ।
मनि ट्रान्सफरबाट तीन जना पक्राउ
- २०७९ माघ ६ शुक्रबार
न्यूज ब्यूरो, वीरगँज । वीरगञ्जबाट मनिट्रान्सफर कम्पनीमा काम गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । रकम ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरगञ्ज वडा
पूरा पढ्नुहोस्