
नयाँदिल्ली : भारतीय नागरिक उड्डयन प्राधिकरण (डीजीसीए) ले एक वृद्ध महिलालाई यात्रुले पिसाब गरेको मुद्दामा एयर इन्डियालाई ३० लाख भारु जरिवाना लगाएको छ।
समाचार एजेन्सी एएनआईले डीजीसीएलाई उद्धृत गर्दै एयर इन्डियालाई 'नियमहरूको उल्लङ्घन' गरेको आरोपमा जरिवाना गरिएको बताएको छ।
डीजीसीएले सम्बन्धित एयर इन्डिया उडानका पाइलट-इन-कमान्डको लाइसेन्स तीन महिनाका लागि निलम्बन गरेको छ।
डीजीसीएका अनुसार पाइलट आफ्नो कर्तव्य पूरा गर्न असफल भए। एयर इन्डियाको उडान सेवा निर्देशकलाई तीन लाख रुपैयाँ जरिवाना लगाएको छ।
गत नोभेम्बरमा एयर इन्डियाको विमानमा सहयात्री वृद्धामाथि रक्सी सेवन गरेका एकजना यात्रुले पिसाब गरेका थिए। यस मुद्दाका आरोपी शंकर मिश्र पक्राउ परेका छन् ।
एयर इन्डियाले उनलाई चार महिनाको लागि उडान प्रतिबन्ध लगाएको छ। विमान अमेरिकाको न्यूयोर्कबाट दिल्ली आउँदै थियो । पीडित महिला विमानको फर्स्ट क्लासमा सवार थिइन् ।
ब्यूटिपार्लरमा 'साहिबा' को यौनधन्दा, सँचालिकासहित महिला पुरुष पक्राउ
- २०७९ माघ ७ शनिबार
न्यूज ब्यूरो, रौतहट । रौतहट जिल्लाको गौरस्थित एक ब्यूटि पार्लरबाट यौनधन्दा चलाएको आरोपमा सँचालिकासहित महिला पुरुष समेत पक्राउ परेका छन् । गौर नगरपालिका वडा नम्वर १ स्थित एक घरमा प्रहरीले छापा
पूरा पढ्नुहोस्