झा दम्पति हत्याका आरोपि झा पक्राउ 

२०७९ माघ ८ आइतबार
बिहान ०९:१९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । महोत्तरी जिल्ला पिपरा गाउँपालिकाको मुसाफिर झा र गीता देवी हत्याको आरोपमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महोत्तरी प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरोको सहयोगमा झा दम्पत्ति हत्याका आरोपी सोही ठाँउका तेजनारायण झालाई पक्राउ गरेको छ । 

झा दम्पत्ति ०७७ फागुन ११ गतेदेखि घरबाट वेपत्ता भएका थिए । त्यसको एक महिनापछि पिपरा–मटिहानी सडकमा गाडेको अवस्थामा उनीहरुको शव फेला परेको थियो । 

तेजनारायण झा दम्पत्ति हत्या आरोपमा मुछिएपछि दुई वर्षदेखि फरार थिए । उनलाई प्रहरीले झापाको मेचीनगर नगरपालिका–६ स्थित नेपाल–भारतको सीमानाबाट पक्राउ गरी ल्याएको महोत्तरीको प्रहरी नायव उपरीक्षक संतोष अधिकारीले जानकारी दिए ।

 उनका अनुसार पक्राउ परेका झा भारतको गुवाहाटी शहरमा पुजारीको काम गरी बेला–बेलामा काँकडभिठ्ठा नाका हुँदै नेपालमा आवत–जावत गर्ने गरेका थिए । 

सोही सूचना अनुसार प्रहरीले पक्राउ गरेको बताइएको छ । झा दम्पत्तिको हत्या आरोपमा तीनजना यसअघि नै कारागार चलान भइसकेका छन् भने चारजना धरौटीमा छुटेका छन् ।

झा दम्पत्ति हत्याको आरोपमा तेजनारायणको ४० वर्षीय छोरा कैलाश झा जिल्ला अदालत महोत्तरीको आदेशले जलेश्वर कारागार चलान भइसकेका छन् । 

कैलाश ०७८ बैशाख १६ गतेदेखि कारागारमा छन् । यस्तै, सोही मितिदेखि ४६ वर्षीय हरेन्द्र ठाकुर र ५२ वर्षीय रामबाबु यादव पनि कारागारमा छन् । ठाकुर जग्गा कारोबारी थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनलाई हत्याको मुख्य योजनाकारको रुपमा देखिएको छ । सोही हत्यामा मुछिएका २६ वर्षीय सुरेन्द्र यादव र २४ वर्षीया राजेन्द्र भनिने रजिन्द्र यादव धरौटी बुझाएर रिहा भएका छन् । 

दुबै जना ०७८ पुस ४ गते उच्च अदालत जनकपुरमा पाँच÷पाँच लाख धरौटीमा थुनामुक्त भएका छन् । यस्तै तेज नारायण झाको श्रीमती ६५ वर्षीया तारा देवी झा र ३७ वर्षीय विकास भन्ने बब्लु झा पनि दुई लाख धरौटी बुझाएर तारेखमा छुटेका छन् ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

राज्यमन्त्री यादवलाई डा. राउतको करारा जवाफ 

  • २०७९ माघ ८ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका भूमि सुधार तथा कृषि सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवलाई जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले करारा जवाफ दिएका छन् ।  देशको राजधानी काठमान्डौँमा उखुँ किसानहरुले

पूरा पढ्नुहोस्

Bureau Menus