जनकपुरः दुई युवकलाई अपहरण गरी हत्या, दुई जना पक्राउ !

२०७९ माघ ८ आइतबार
दिउसो ४:५७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरका दुई युवकलाई अपहरणकारीले अपहरण गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ बस्ने रामबाबु साहको अन्दाजी २० बर्षिय छोरा विष्णु साह र वडा नं. ८ बस्ने जगदिश साहको अन्दाजी २० बर्षिय छोरा रोहित साह गत पुस २७ गते घुम्नको लागि बाहिर जाँदा अहपरणमा परेको पहरीले जनाएको छ । 

पुस २७ गते अपरान्ह घरबाट मोटरसाईकल लिएर घुम्न निस्कनेका साहद्धयलाई अभिभावकले फोन गरेपछि उनीहरुको मोबाईल स्वीच अफ आएको र केही बेरमा एक अपहरित साहकै फोन कलबाट उनीहरुको छोराको अपरहण गरिएको तथा १० लाख रुपैयाँ फिरौती मागेको जानकारी प्रहरीलाई गरिएको थियो । 

सो दिन अपरान्ह करिब ४ बजेको समयमा ज. १२ प. ८०४ नम्बरको १५० सिसिको पल्सर मोटरसाईकलमा घुम्न निस्केकोमा दुई दिनपछि अर्थात पुस २९ गते बिहान १०ः३४ बजेको समयमा विष्णु साहको मोबाईल नम्बर ९८१९६२७४७६ बाट विष्णु साहको बुवाको मोबाईलमा फोन गरी कोही अपरिचित व्यक्ति बोलेको र छोरा अपरण गरेको धम्की दिएको थियो । 

“तपाईको छोरालाई हामीले अपहरण गरेको हो तपाईको छोरा विष्णु साह हामी संग छ तपाई रु १०,००,०००।– (दश लाख) लिएर आउनु, छोरा लानु ” भनेर फोन आएको थियो ।

पुस २९ गते गते उनीहरुको आफन्तले जिल्ला प्रहरी कार्यालय धनुषामा गएर मौखिक जानकारी गराएको थियो । तत्काल घट्नास्थलमा यस कार्यालयबाट प्र.ना.उ. (डिएसपी) सहितको र प्रदेश प्रहरी कार्यालयबाट प्र.नि.सहितको टोली खटि गई भारतिय सिमा अन्तर्गत पर्ने भारतीय प्रहरीसंग समेत आवश्यक समन्वय गरी नेपाल प्रहरी र भारतिय प्रहरीको संयुक्त टोलीले खोज तलास तथा अनुसन्धान गर्दै माघ ८ गते आईतबार अपहरित युवकहरुको लास फेला पारेको हो । 

आईतबार दिउँसो २ः३० बजेको समयमा भारतको बिहार राज्य सितामढी जिल्ला पर्सा ग्राम थाना बेला स्थितमा दुईवटा लास गाडिएको अवस्थामा रहेको सूचना पाएपछि उक्त स्थानमा दुबै देशको संयुक्त प्रहरी टोली घटनास्थलमा गई उत्खन्न गरी अपहरित साहद्धयको लास निकालेको हो । 

अपहरणमा परेको भनिएका साहद्धयकै लास रहेको भनेर उनको परिवारजनले सनाखत गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए । 

गाडेको अवस्थामा दुवै जनाको लास रहेको र उनीहरुको लासलाई पोष्टमार्टमको लागि भारतको सीतामढी अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । 

उक्त घटनामा नेपालबाट दुई जनालाई पक्राउ गरिएको छ भने भारतमा तीन जना पक्राउ गरिएको जनाईएको छ । पक्राउ पर्नेहरुमा महोत्तरीको जिल्ला महोत्तरी मनरा सिसवा नगरपालिका वडा नम्बर २  ईटहर्वा बस्ने हरिचन्द्र पंडितको छोरा वर्ष २४ को किसन कुमार पंडित र  बैजनाथ पासवानको छोरा वर्ष २४ को मुकेश पासवान रहेका छन् । 

भारतमा तीन जनालाई पक्राउ गरी भारतमै अनुसन्धानको क्रममा रहेको बताइएको छ । पासवान र पण्डितलाई जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धान गरिरहेको छ । 

डिएसपी क्षेत्रीका अनुसार, तीन जना अझै फरार रहेको र उनीहरुको खोजीकार्य तीव्र रहेको जनाइएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 25%
  • 63%

 मिर्चैयामा जन सेवा युवा कल्बद्वारा रक्तदान सम्बन्धी जनचेतना कार्यक्रम समपन्न

  • २०७९ माघ ८ आइतबार

न्यूज ब्यूरो, सिरहा। रगतविनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो ।

पूरा पढ्नुहोस्

Bureau Menus