न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको एक सरकारी विद्यालयमा हेडमास्टरले श्रीमतिको जन्मदिनमा नोकरी उपहार दिएको समाचार प्रभावले अख्तियार छानबिन सुरु गरेको छ ।
मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित देखि केही दुरीमा रहेको
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको एक सरकारी विद्यालयमा हेडमास्टरले श्रीमतिको जन्मदिनमा नोकरी उपहार दिएको समाचार प्रभावले अख्तियार छानबिन सुरु गरेको छ ।
मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित देखि केही दुरीमा रहेको धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ९ ईच्छापुरको समुदायिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र हेडमास्टरले आ–आफ्ना ५ आफन्तलाई गैर कानुनी नियुक्ति गरेको समाचार न्यूज ब्यूरोमा प्रकाशित भएपछि अख्तियार र जिल्ला शिक्षा समन्वय ईकाईले सँयुक्त रुपमा छानबिन सुरु गरेको छ ।
त्यहाँस्थित रहेको मावि ईच्छापुरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम अशिष महतो र विद्यालयका हेडमास्टर (प्रधानाध्यापक) बैकुण्ठ श्रेष्ठ मिलेर आ आफ्ना आफन्तलाई बिना अध्ययापन लाईसेन्सकै गैर कानुनी नियुक्ति गरेको खवर गत जेठ ११ गते न्यूज ब्यूरोले प्रकाशित गरेको थियो ।
सरकारी विद्यालयमा कुनै पनि शिक्षक भर्नाको लागि सार्वजनिक सूचना, विज्ञापन निकाल्नुपर्ने प्रावधान रहेकोमा विद्यालयले कुनै प्रकारको विज्ञापन नै नगरी आफ्ना आफन्तहरुलाई भर्ती गरेको सम्बन्धि समाचार प्रकाशित भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला शिक्षा समन्वय ईकाईले कागजपत्रहरु माग गरेको छ ।
सो विद्यालयको प्रा.वि., निमावि र मावि तह गरी बिणा यादव, सुजिता यादव, अरबिन्द कुमार यादव, मोहमाया श्रेष्ठ र मनोज कुमार महतोलाई गैर कानुनी नियुक्ति गरिएको समाचार न्यूज ब्यूरोमा प्रकाशित भएको थियो ।
सो मध्ये मोहमाया श्रेष्ठ विद्यालयका हेडमास्टर बैकुण्ठ श्रेष्ठका श्रीमति हुन् । उनले जन्मदिनको अवसरमा उनलाई बर्थडे गिफ्ट भनेर विद्यालयमा नियुक्ति दिएको आफैँ उल्लेख गरेका थिए ।
गत बर्षको माघ २ गते उनको श्रीमतिको परेको जन्मदिनको अवसरमा उनलाई जागिर गिफ्ट गरेको आफ्नो फेसबुकमा लेखेका छन् ।
समाचारको प्रभावले अख्तियार कार्यालय, बर्दिवास र शिक्षा विकास समन्वय ईकाई धनुषाले समेत कागजपत्र माग सहित विद्यालयलाई पत्र काटेको छ ।
अख्तियार कार्यालयले विद्यालयलाई पत्र काटदै नियम विपरित नियुक्त भएका शिक्षकहरुको कागपत्र माग गर्नुको साथै तत्कालको लागि तलब रोक्का गर्न समेत भनेको छ ।
विद्यालयका प्रअ र विद्यालय व्यवस्थापन समिति अध्यक्षले भित्र भित्रैबाट कागजपत्र जुटाउन लागि परेको छ ।