अपहरण र दुई युवकको हत्यापछि सिँगो गाउँ शोकमग्न !

२०७९ माघ ९ सोमबार
बिहान ०८:०५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । अपहरणपछि हत्या भएको जनकपुरधामका विष्णु र रोहित साहको घरमा रुवावासी छ । परिवारसहित गाउँ शोकमग्न छन् ।

विष्णुको घरमा छिमेकी र आफ्न्तको भीड बाक्लो रहेको छ । हत्या भएको खबरले सबैको आँखा रसाएको छ । विष्णुको २३ वर्षीय श्रीमती किरण साह अचेत रहेकी छन् । 

बेलाबेलामा मुर्छा पर्छिन् । उनलाई देवरानीद्वय चाँदनी र नाब्यले स्याहार गर्दैछन् । उनी श्रीमान गुमाउनु परेको पीडाले न होसमा छन्, न त बुझ्न सक्ने अवस्थामा । होस आएको समय श्रीमानलाई नै खोज्छन् ।

 किरण बेला बेला बरबराउँदै दुई महिने छोरी रियान्सीको भविष्य सम्झेर रुन्छिन् । आइतबार विहान प्रहरीको खबर आएपछि विष्णुको बुवा रामबाबु साह शव ल्याउन भारत पुगेका थिए । हजुर बुवा रामकिशोर साह घरकै छेउमा भारी मन लिएर बसेका थिए । तर गाउँलेको भीडले उनको मन थाम्न सकेनन् ।

त्यसअघि नै रुदाँरुदै उनको घाटी बसिसकेको थियो । रामकिशोर अपहरणकारीहरुले फिरौती मागेको घटना सुनाउँदा सुनाउँदै भक्कानिएर रोइरहेका थिए । फिरौती रकम दिन तयार हुँदा पनि पापीहरुले नातीको हत्या गरेको उनको बिलौना छ । 

विष्णु रामबाबुको एक्लो छोरा थिए । विष्णुको दुई वर्षअघि जनकन्दनी स्थित कठालमा विवाह भएको थियो । उनी कक्षा १२ सम्म अध्ययन गरी घरकै कामकाज गरिरहेका थिए । त्यस्तै, रोहितको घर पनि शोकमग्न छ । रोहित जगदीश साहको एक्लो छोरा थिए । रोहित अविवाहित थिए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 67%
  • 0%

वीरगँजकी एसिड पीडित मुस्कान खातुनको लागि अमिताभ बच्चनको मेसेज

  • २०७९ माघ ९ सोमबार

Bureau Menus

} }