मात्र २ टा डाक्टरको भरमा चलेको जनकपुरको समर हस्पिटल, विरामीको ज्यान मारेर पनि असुल्छन पैसा

२०७९ माघ ११ बुधबार
बिहान १०:३८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित सँचालनमा रहेको समर हस्पिटल मात्र दुई वटा डाक्टरको भरमा चलिरहेको पाइएको छ । 

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ मुजेलियास्थित सँचानलमा रहेको समर हस्पिटलमा डा. किरण यादव र डा. सुजित यादवले सबै विरामीको चेकजाँच गर्ने गरेको पाईएको छ । 

ज्ञान र जानकारी नै नभएको विभागको विरामीलाई समेत ती दुई जना डाक्टरले चेकजाँच गर्दै आएको पाइएको छ । सो अस्पतालमा डा. किरण यादव गाईनोक्लोजिस्ट र डा. सुजित यादव सर्जन डाक्टर हुन् । 

जस्तोसुकै विरामी गएपनि यीनीहरु दुई जनाले मात्र गलत चेकजाँच गर्ने गरेको पाईएको छ । प्रसुति सम्बन्धी चिकित्सक डा. किरण यादवले सो बाहेकका विरामीलाई पनि देखाउने गरी मात्र चेकजाँच गर्ने गरेको पाईएको छ । उनले नपढेकै विभाग र जानकारी नै नभएको विभागको विरामीलाई चेकजाँच गरी जसरी पनि अस्पतालमा टिकाइराख्ने कार्यमा सँलग्न रहेको पाइएको छ । 

२५ बेडको कानुनी अनुमति लिएर गैर–कानुनी रुपमा ४० बेडभन्दा अधिकको अस्पताल सँचालन गरेका डा. सुजित यादवले पनि सर्जनभन्दा बाहिरको विरामीलाई चेकजाँच गरी टिकाउने कार्य गरिरहेको गुनासो गरिएको छ । 

गत पुस १२ गते राती मात्र जानकारी  बिना बिभागीय विरामीलाई भर्ना गरेपछि गलत उपचारले एक महिलाको मृत्यू भएको थियो । सर्जन डा. यादवले महिलाको बच्चादानीको अप्रेशनको बेला गरेको गलतीले महिलाको ज्यान गएको थियो । सबैला नगरपालिका वडा नं.१३ प्रसाही बस्ने ममता कापरको मृत्यू भएको थियो । 

डा. सुजित यादव आफैँ एनेस्थेसिया चिकित्सक नभएपनि सो सम्बन्धी अप्रेशन गर्ने गरेका छन् । एनेस्थेसिया डाक्टरको अनुपस्थितिमा सर्जन डाक्टरले शल्यक्रिया गर्नु गैरकानूनी रहे पनि यहाँ वर्षौदेखि खेलवाड गरिँदै आएको छ ।

सो अस्पतालमा भिडियो एक्सरे, अल्ट्रासाउण्डको लागि आवश्यक पर्ने सम्बन्धित विभागको रेडियोलोजिष्ट डाक्टर छैनन्, डा. सुजित यादव र किरण यादवले आफैँ सो कार्य पनि गर्ने गरेका छन् । सो सम्बन्धी उत्तम ज्ञान नै नभएको डा. यादवद्धयले विरामीलाई मरुञ्जेलसम्म सोही अस्पतालमा टिकाइराख्ने प्रवृति लागू गरेको पाइएको छ । 

आवश्यक स्टाफहरु समेत नभएको सो अस्पतालभित्र सँचालनमा रहेको औषधी पसल (फर्मा) मा औषधीको मूल्य ४ गुणा अधिक लिने गरेको पाइएको छ । अस्पतालभित्र रहेको डिलक्स फर्मामा सुलभ रुपमै पाउने औषधीलाई बैन आईटम भन्दै विरामीको परिवारलाई झुक्याएर अधिक रकम असुल्ने गरेको पाइएको छ । औषधीको नाम नै नबुझने गरी एउटा मात्र अक्षर लेखेर सेटिँगको आधारमा औषधी लेख्ने गरेको समेत पाइएको छ । 

विरामीलाई आवश्यक नै नपर्ने र हाई–साईड ईफेक्ट हुने औषधीको नाम लेख्दै अधिक रकम असुल्ने दाउमा डाक्टरद्धय लागेको पाइएको छ । डाक्टरलाई नबुझने गरी अक्षर नलेख्न सरकारले भनेपनि सेटिँगको अक्षर लेखेर विरामी लुटने गरेको पाइएको छ । हेर्नुहोस डाक्टरले लेखेको प्रेस्क्रिप्सन,

नेपाल मेडिकल काउन्सिलको इथिकल कमिटीले सार्वजनिक सूचना प्रकाशित नबुझने गरी प्रिस्क्रीप्सन नलेख्ने व्यवस्था गरेको हो । ‘डाक्टरको कोड अफ इथिक्समा प्रेस्क्रिप्सन लेख्दा प्रस्ट बुझ्ने गरी लेख्नुपर्ने व्यवस्था गरिएको छ,’ मेडिकल काउन्सिलका रजिस्ट्रार डा।दिलीप शर्मा भन्छन्, ‘अस्पष्ट प्रेस्क्रिप्सनले गर्दा गलत औषधि सेवन गरेर उजुरी परे डाक्टर कानुनी दायरामा पर्ने सम्भावना रहन्छ।’

डाक्टर र औषधि पसलेबीचको सेटिङमा केही चिकित्सकले कुनै खासबाहेक अन्य औषधि पसलेले नबुझ्ने गरी प्रेस्क्रिप्सन लेख्ने गरेको चिकित्सक नै बताउँछन् ।

डा. यादवद्धयले लेख्ने प्रेस्क्रिप्सन मात्र सो अस्पतालभित्र रहेको डिलक्स फर्माका सँचालकले बुझने गरिन्छ । अन्य ठाउँबाट औषधी ल्याए सो औषधी स्वीकार नै नगर्ने दुवै डाक्टरले पसलेसँगको सेटिँगमा पटक पटक विरामीको ज्यान लिने गरेको छ । 

  • 0%
  • 0%
  • 13%
  • 0%
  • 0%
  • 88%

कमला नगरपालिकामा शिक्षकहरु आजदेखि धर्नामा, मेयर र वडाध्यक्षहरुलाई छैन मतलब 

  • २०७९ माघ ११ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिकामा शिक्षकहरुले आजदेखि नगरपालिकाको कार्यालय अगाडी धर्ना दिन सुरु गरेको छ ।  चालु आर्थिक बर्षको ५ महिना वितिसक्दा पनि अहिलेसम्म कुनै प्रकारको तलबभत्ता नपाएको भन्दै

पूरा पढ्नुहोस्

Bureau Menus