
न्यूज ब्यूरो, जनकपुरधाम । समाचार लेखेको निहुमा पत्रकारको चरित्रहत्या हुने गरी सामाजिक सञ्जालमा जथाभावी लेख्ने स्वास्थ्यकर्मीले सार्वजनिक रुपमा माफी मागेका छन् ।
धनुषाको बटेश्वर गाउँपालिका कार्यालयमा कार्यरत्त सिनियर अहेब महेश कुमार साहले जिल्ला प्रहरी कार्यालय धनुषामा सार्वजनिक रुपमा माफी मागेका हुन् ।
पत्रकार शैलेन्द्र महतोले आफ्नो चरित्रहत्या हुने गरी स्वास्थ्यकर्मी साहले समाजिक संजालमा तस्वीरसहित जथाभावी आरोपसहितको पोस्ट राखेको भन्दै मंगलबार प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले स्वास्थ्यकर्मी साहलाई बुधबार झिकाएका थिए ।
नेपाल पत्रकार महासंघ धनुषाका पदाधिकारी सञ्चारकर्मी, प्रहरी, व्यवसायी लगायतको समक्षमा स्वास्थ्यकर्मी साहले आवेशमा आएर पत्रकार महतोको विषयमा जथाभावी लेखेर चरित्रहत्याको प्रयास गरेकोको आफ्नो गम्भीर गल्ती भएको स्वीकारेका हुन् । उनले पत्रकार महतोको विषयमा लेखेको फेसबुक पोस्ट डिलिट गर्दै आयिन्दा यस्तो गल्ती नदोहरिने प्रतिवद्धता गरेका छन् ।
११ महिनादेखे तोकेको ठाउँमा नगइ बटेश्वर गाउँपालिका कार्यालयमा बसेर गफ चुट्दै तलब खाँदै आएका थिए । उनको बारेमा समाचार आएपछि सोही समाचारको निहुमा स्वास्थ्यकर्मी साहले पत्रकार महतोको चरित्र हत्या हुने गरी समाजिक संजालमा जथाभावी लेखेका थिए ।
आम जनता पार्टीकी केन्द्रीय सदस्य पासवानमाथि जुत्ता, चप्पलसहित बियरको बोतल प्रहार
- २०७९ माघ ११ बुधबार
न्यूज ब्यूरो, जनकपुरधाम । नेता प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) की केन्द्रीय सदस्य प्रिति पासवानमाथि जुत्ता चप्पल प्रहार गरिएको छ । शुक्रबार धनुषामा नाच्न आएकी पासवानमाथि दर्शकहरुले जुत्ता चप्पलसहित
पूरा पढ्नुहोस्