स्कूलमा क्रिश्चन धर्मावलम्बीको ताण्डव, विद्यार्थी सबै हिन्दु तर, मनाउन दिदैनन सरस्वति पूजा 

२०७९ माघ ११ बुधबार
बेलुकी ५:२९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्लाको शहिदनगर नगरपालिकास्थित नीजि स्तरबाट सँचालनमा रहेको एक बोर्डिँग स्कूलमा क्रिश्चन धर्मावलम्बीहरुको ताण्डव बाहिर आएको छ । 

शहिदनगर नगरपालिका वडा नम्बर ७ धबौलीस्थित सँचालनमा रहेको नयाँ जीवन शैक्षिक दरबार नामक बोर्डिँग स्कूलमा पढने बालबालिकाहरु सबै हिन्दु धर्मावलम्बी भएपनि बसन्तपँचमीमा सरस्वति पूजा नगरी क्रिश्चनको नाचगान गर्ने गरेको पाईएको छ । 

श्रीपँचमीको दिन देशैभरिको विद्यालयहरुमा सरस्वति पूजा मनाइरहेको बेला स्थापनाकालदेखि नै यी स्कूलमा एक दिन पनि सरस्वति पूजा नमनाएको गुनासो विद्यार्थीहरुले गरेका छन् । 

हिन्दु धर्म परिवर्तन गरी क्रिश्चन धर्म अपनाएका विद्यालयका सँचालक बिमलेश कुमार पासवानले सो विद्यालयमा पढने बालबालिकाहरुलाई धर्मान्तर तर्फ लगाएको आरोप पनि लगाईएको छ । 

सो विद्यालयमा विभिन्न गाउँका हिन्दु धर्मावलम्बीका बालबालिकाहरु अध्ययन अध्ययापन गर्छन्, तर कुनै पनि बर्षमा सररस्वति पूजा मनाउन नदिएको बालबालिकाहरुले आरोप लगाएका छन् । 

सरस्वति पूजाको ठाउँमा क्रिश्चनहरुले नाच्ने नाचगान, गायन, प्रस्तुति मात्र गर्ने गरेको बताइएको छ । धनुषाको कमला नगरपालिका वडा नम्बर २ सराबेस्थित क्रिश्चनको चर्च खोलेर धर्मान्तरको लागि गाउँ गाउँमा एजेन्टहरु डुलिरहेको अवस्थामा विद्यालयका प्रिन्सीपलले सरस्वति पूजा मनाउन विद्यार्थीहरुलाई रोक लगाएको छ । 

नेपाल, भारतको विद्यालयहरुमा श्रीपँचमीको दिन धुमधामको साथ सरस्वति पूजा मनाउँदै आएको छ । तर, सो स्कूलमा पढने बालबालिकाहरुका अभिभावकले समेत सरस्वति पूजाको लागि भनेपनि सरस्वति पूजन नगरेको गुनासो छ । 

यस सन्दर्भमा विद्यालयका प्रिन्सीपल विमलेश कुमार यादवलाई मेसेन्जर मार्फत सम्पर्क गर्दा उनले जवाफ दिन चाहेनन् । 

  • 0%
  • 0%
  • 0%
  • 4%
  • 0%
  • 87%

बच्चा खेलाउँदै बाँदर

  • २०७९ माघ ११ बुधबार

  सेन्ट्रल जू , सदर चिडियाखाना काठमान्डौँमा आफ्नो बच्चा खेलाउँदै गरेको बाँदर दम्पति । 

पूरा पढ्नुहोस्

Bureau Menus