दिलिप हत्याकाण्डमा तत्कालिन ईन्सपेक्टर यादवसहित तीन प्रतिवेदक झिकाउन आदेश 

२०७९ माघ १२ बिहीबार
बिहान ०८:५४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । पर्यावरण अभियानी दिलिप महतो हत्या काण्डमा ढल्केवर ईलाका प्रहरी कार्यालयका तत्कालिन ईन्सपेक्टर रामकुमार यादवसहित तीन जनालाई झिकाउने आदेश दिएको छ । 

धनुषाको मिथिला नगरपालिका वडा नम्बर ५ श्रीपुरका ओमप्रकाश महतो (दिलीप) को मुद्दामा प्रतिवेदनका व्यक्ति बुझ्ने आदेश भएको हो ।

जिल्ला अदालत धनुषाका न्यायाधीश चित्र बहादुर गुरुङ्गको इजलाशले प्रतिवेदनका व्यक्ति बुझ्ने आदेश दिएको हो । दिलीपलाई ०७६ पुस २५ गते चुरियामाई बालुवा प्रशोधन क्रसर उद्योगमा आवद्ध व्यक्तिहरुले औरही खोलामा हत्या गरेको आरोप छ । 

घटना स्थलमा पुगेर तत्कालीन प्रहरी निरीक्षक राम कुमार यादव, रामकुमार भण्डारी र कुलान्नद अमातले प्रतिवेदन तयार पारेको थियो । तीनै जना प्रतिवेदकलाई अदालतमा हाजिर हुन आदेश दिइएको छ । 

यसअघि गत मंसिर २ ९ गते हत्यामा प्रयोग भएको टिपर धनीलाई बुझ्ने आदेश दिइएको थियो । गएको पुष २८ गते अदालतमा उनको बकपत्र भएको थियो । यो मुद्दामा हालसम्म २० वटा पेशी चढिसकेको छ । तर मुद्दा किनारा लागेको छैन् । मुद्दा लम्बिँदै गएको छ । न्यायकालागि दिलीपको बुबा रामजीवन महतोसहित परिवारजन तीन वर्षदेखि अदालत धाउँदै आएका छन् । दश पटक उनको पेशी स्थगित नै गरिएको थियो ।

पेशी स्थगित हुँदा उनको घरपरिवार निराश बन्दै गएका छन् । हत्या आरोपमा धनुषा प्रहरीले क्रसर सञ्चालक विपिन महतोसहित सात जनालाई पक्राउ गरेको थियो । पक्राउ परेको मध्ये धरौटी रकम बुझाएर चार जना रिहा भइसकेका छन् । उनीहरु अहिले तारेखमा छन् ।

 दिलीप हत्या आरोपमा पक्राउ परेका रोशन कुमार यादव, विनोद महतो, सत्यनारायण महतो र शत्रुधन महतो रिहा भइसकेका छन् । 

मुनिन्द्र महतो, विपिन महतो र जितेन्द्र महतो पुर्पक्षको लागि थुनामा छन् । जाहेरीवलाको वकिलले आरोपितहरुमाथि जन्मकैद हुनुपर्ने र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने दाबी गरेका छन् ।

  • 0%
  • 0%
  • 43%
  • 0%
  • 0%
  • 0%

Why Men rape?

  • २०७९ माघ १२ बिहीबार
  • Anand Sharma

In 1976, Samuel D. Smithyman published a strange advertisement in a newspaper throughout Los Angeles. Are you a rapist? He was searching for rapists for his research. He was waiting for his

पूरा पढ्नुहोस्

Bureau Menus