धनुषाको शसस्त्र प्रहरी बिओपी महिनाथपुर 'उत्कृष्ट बिओपी' मा छनौट 

२०७९ माघ १२ बिहीबार
बिहान ०९:५६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको धनुषा जिल्लास्थित शसस्त्र प्रहरीको बिओपी महिनाथपुरलाई उत्कृष्ट बिओपीको उपाधी दिइएको छ । 

२२ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा बिओपी महिनाथपुरलाई नम्बर २ छिनमस्ता बाहिनी मातहतको उत्कृष्ट बिओपीको रुपमा प्रशँसा दिएको छ । 

विभिन्न समयमा लागुऔषध नियन्त्रण,  अवैद्य तस्करी नियन्त्रण, न्यून विवादित बिओपी भन्दै महिनाथपुर बिओपीलाई छिनमस्ता बाहिनी अन्तर्गतको उत्कृष्ट बिओपीको रुपमा छनौट गरिएको हो । 

२२ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा मधेश प्रदेशका डिआईजी गणेश ठाडा मगरले बिओपी प्रमुख ईन्सपेक्टर गणेश पाण्डेलाई प्रशँसा पत्र प्रदान गर्दै सम्मान गरे । 

सो क्षेत्रको बोर्डरमा हुने अवैद्य गतिविधिलाई नियन्त्रण गर्न गरेको प्रयासलाई मध्यनजर गर्दै ईन्सपेक्टर पाण्डेलाई प्रशँसा समेत गरिएको हो । 

सो अवसरमा ईन्सपेक्टर पाण्डेले सो बिओपीमा काम गरेका भूतपूर्व सशस्त्र प्रहरी कर्मचारी, प्रहरी अधिकृत, प्रहरी जवान लगायत सम्पूर्ण कर्मचारीमा आभार प्रकट गरेका छन् । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जसपामा दलको नेता चयन गर्न चुनाव हुने, यादवलाई टेरेन राउत

  • २०७९ माघ १२ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेशको दलका नेताका लागि चुनावको कार्यक्रम आइतबार सार्वजनिक हुने भएको छ । जसपा पार्टीको मधेश प्रदेश दलको नेता चयनका लागि गठन

पूरा पढ्नुहोस्

Bureau Menus