मनि ट्रान्सफरबाट तीन जना पक्राउ 

२०७९ माघ १२ बिहीबार
रति ८:१५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, वीरगँज । वीरगञ्जबाट मनिट्रान्सफर कम्पनीमा काम गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । रकम ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरगञ्ज वडा नम्बर १० आदर्शनगर बस्ने आकाश साह, २२ वर्षीय संजय साह र २१ वर्षीय महम्द सकिर मियाँ रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक प्रज्ज्वल थपलियाका अनुसार तीनै जना वीरगञ्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगर स्थित माँ दुर्गे मनिट्रान्सफर प्रालिमा कार्यरत कर्मचारी हुन् ।

मनिट्रान्सफर कम्पनीका सञ्चालक विजय साह सरार्फले कृषि विकास बैकमा जम्मा गर्न लगाएको ४ लाख १४ हजार ८ सय रुपैयाँ लिएर उनीहरू फरार भएको प्रहरीले जनाएको आरोप छ । उनीहरूको साथबाट प्रहरीले २ लाख २३ हजार ५ सय बरामद भएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जसपामा दलको नेता चयन गर्न चुनाव हुने, यादवलाई टेरेन राउत

  • २०७९ माघ १२ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेशको दलका नेताका लागि चुनावको कार्यक्रम आइतबार सार्वजनिक हुने भएको छ । जसपा पार्टीको मधेश प्रदेश दलको नेता चयनका लागि गठन

पूरा पढ्नुहोस्

Bureau Menus