जनकपुरः सरस्वति पूजामा मातेका युवकले महिलालाई दिए ठक्कर, चालकको अवस्था गम्भिर 

महिला र चालकको समेत टाउकोमा चोट लागेको छ । उनीहरुको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भईरहेको छ । 

२०७९ माघ १३ शुक्रबार
बिहान ०९:०८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा सरस्वति पूजाको दिन एक महिलालाई मोटरसाईकलले ठक्कर दिएपछि गम्भिर घाईते भएको छ । 

धनुषा जिल्लाको सबैला नगरपालिका वडा नम्बर ६ गोविन्दपुरस्थित सरस्वति पूजामा मातेका एक युवकले तीव्र गतिमा चलाएको मोटरसाईकलले ठक्कर दिँदा महिलाको खुट्टा भाँचिएको छ । 

गोविन्दपुरस्थित बा ६१ प ३६३३ नम्बरको मोटरसाईकलले पैदल यात्री महिलालाई ठक्कर दिएपछि उनको खुट्टा भाँचिएको हो । गोबिन्दपुर बस्ने समतोलिया देवी रायलाई सो मोटरसाईकल चालक दिपक कुमार रायले ठक्कर दिएका थिए । 

सरस्वति पूजामा तीव्र गतिले रायले चलाएको मोटरसाईकल अनियन्त्रित भएर समतोलिया देवीलाई ठक्कर दिएको ईलाका प्रहरी कार्यालय सबैलाका प्रहरी नीरिक्षक (ईन्सपेक्टर) रामकृष्ण देवकोटाले जानकारी दिए ।

महिला र चालकको समेत टाउकोमा चोट लागेको छ । उनीहरुको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भईरहेको छ । 

  • 0%
  • 0%
  • 50%
  • 0%
  • 0%
  • 0%

सिरहाको चोहर्बामा भव्य पहलवानी, भारतीय पहलवानले जिते तक्मा 

  • २०७९ माघ १३ शुक्रबार

न्यूज ब्यूरो, सिरहा । सिरहाको नयाँ चोहर्बास्थित आयोजना गरिएको चैती दुर्गा मेलाको अन्तिम दिन भव्य कुस्ती (पहलवानी) भएको छ ।  मेला समितिले मेला आयोजनको साथै मधेशको पुरानो पहिचान मानिएको पहलवानी अर्थात

पूरा पढ्नुहोस्

Bureau Menus