भौतिक पूर्वाधार मन्त्री यादवले सम्हाले मन्त्रालय

२०७९ माघ १३ शुक्रबार
दिउसो २:२४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री सरोज यादवले पदभार ग्रहण गरेका छन् । 

शुक्रबार उनले पदभार ग्रहण गरेका हुन् । उनले पहिलो कामको रुपमा यातायात कार्यालयमा टोकन प्रणाली सुरु गर्ने फाइलमा हस्ताक्षर गरेका छन् । यातायात कार्यालय भिडभाडका कारण अव्यवस्थित देखिएको हुनाले सो फाइलमा हस्ताक्षर गरिएको मन्त्री यादवले बताए ।

मधेस सरकारको गौरवशाली योजनाको रुपमा रहेको ‘मधेस लोक मार्ग’लाई निरन्तरता दिने उनको भनाइ छ । मधेस लोक मार्गमा सर्भेको काम भइसकेको छ । अव द्रुत गतिमा काम अगाडि बढ्ने उनले बताए ।

मन्त्रालयका सचिव कृष्णकुमार मिश्रले यातायात कार्यालयमा टोकन मेसिन पठाउने तयारी भइरहेको बताए । चार वटा कार्यालयमा पठाइसकेको छ । सम्भव हुने कार्यालयमा टोकन प्रणाली आइतबारदेखि नै लागु हुने छ ।

मुख्यमन्त्री सरोजकुमार यादवसँगै गत पुस २९ गते तीन मन्त्रीले सपथ लिएका थिए । गत बिहीबार उनीहरुको जिम्मेवारी पनि तोकिएको थियो ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

  • २०७९ माघ १३ शुक्रबार

Bureau Menus