
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका मेयर सुखदेव यादवले धर्म सँस्कृति वर्तमान समाजको सबभन्दा ठुलो धन रहेको बताएका छन् ।
ज्ञान सबभन्दा ठुलो भएपनि ज्ञानलाई व्यवहारिकतामा उतार्न धर्म, सँस्कृति र रितिरिवाजले महत्वपूर्ण भूमिका खेल्ने गरेको बताउँदै उनले धर्म सँस्कृतिलाई जोगाउन आग्रह गरे ।
श्रीपँचमीको अवसरमा क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर २ स्थित रहेको नमुना माध्यमिक विद्यालय कुम्हरौल रमदैया भवाडीमा सरस्वतिको मन्दिर उदघाटन गर्दै उनले आफ्नो धर्मसँस्कृतिप्रति सधैँ गर्व गर्नुपर्ने औल्याएँ ।
बर्षौदेखि शिक्षक सँस्थानहरुमा चल्दै आएको सरस्वति पूजन कुनै अन्धविश्वास, अज्ञानता नभएर पौराणिकालदेखि चलिआएको परम्परा, सत्यता र आस्था रहेको बताए । उनले पठनपाठनको साथै हाम्रा आस्थालाई पनि उत्तिकै महत्व दिनुपर्ने विद्यार्थीहरुलाइ औल्याएँ ।
विद्या दायनी मानिने सरस्वति पूजन विद्यार्थी, शिक्षकहरुको आस्था मात्र नभएर विद्याको शक्ति स्वरुपा सरस्वतिको पूजन खास मकसदले गरिने गरेको बताए । उनले सरस्वति पूजनले आस्था सन्तुष्टीको साथै ज्ञान भण्डारणप्रति विश्वास जनाए ।
सो क्रममा एमालेका प्रदेश साँसद पल्टु यादव, जिल्ला सदस्य श्याम यादव, टिका यादव, राजु गुप्ता, नगर उपाध्यक्ष अनिल चौधरी, वडाध्यक्ष मकेश्वर यादव, देवु यादव लगायत प्रतिनीधिहरुको विशेष उपस्थिति रहेको थियो ।
मालपोत कार्यालय राजविराजमा १२ बर्षदेखि घुस उठाउने मुन्सी बनेका कर्मचारी 'अमरकान्त देव '
- २०७९ माघ १३ शुक्रबार
न्यूज ब्यूरो, राजविराज । सप्तरीको सदरमुकाम राजविराजस्थित रहेको मालपोत कार्यालयका एक कर्मचारी विगत १२ बर्षदेखि मात्र घुस उठाउन प्रयोग गरिएको खुलेको छ । मालपोत कार्यालय राजविराजको कर्मचारी रेकर्डमा हलुका सवारी साधन
पूरा पढ्नुहोस्