
न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा शुक्रबार हाजिर भएका उप–सचिव ओमप्रकाश महतोले कमला नगरपालिकाको बेतिथि उपर बोल्दै विकासमा एक ईँट थपिने आश्वासन दिए ।
शुक्रबार दिउँसो कमला नगरपालिका पुगेका उप सचिव महतोले आईतबारदेखि निरन्तर रुपमा कार्यालय सँचालन हुने बताए । उनले वर्तमान परिस्थितिलाई मध्यनजर गरी सम्पूर्ण जनप्रतिनीधिहरुसँगको छलफल र बैठकबाट यथाशिघ्र निकास निकाल्ने बताए ।
चालु आर्थिक बर्षमा एउटा पनि तलब खान नपाएका कर्मचारी, शिक्षकहरुले अधिकृत महतोसँग गुनासो समेत पोखेका थिए । कार्यालयमा स्वागत गर्न पुगेका नगर प्रमुख विशेश्वर यादव, उपप्रमुख शिलादेवी मण्डल, वडा नं. ३ का वडाध्यक्ष राम भगत यादव लगायतका जनप्रतिनीधिहरुले कमला नगरपालिकाको वर्तमान अवस्थाबारे सुनाएका थिए ।
चालु आर्थिक बर्षको आधी माघ महिनासम्म समेत जनप्रतिनीधिहरुबीचको द्धन्द्धले नगरसभा गर्न नसकेको कमलाका जनप्रतिनीधिहरुसँग आईतबारदेखि नियमित छलफल गरी शिघ्र नै नगरसभाको तयारी हुने महतोले बताए । उनले अन्य सबै फाईलहरु तयारी अवस्थामा रहेको बताउँदै जनभावना बमोजिम नै कार्य सुचारु हुने प्रतिवद्धता जाहेर गरे ।
यसअघि कमला नगरपालिकामा कार्यरत रहेका अधिकृत सुबोध कुमार ठाकुरलाई मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा भएको छ । कमला नगरपालिका गठन भएदेखि पहिलो पटक नगरपालिकाले उप–सचिव स्तरको अधिकृत हाजिरी भएका हुन् ।
हाजिरीसँगै अधिकृत महतोले नगरपालिकाका कर्मचारीहरुसँग पात्र–परिचय, गुनासो र अवस्थाको बारेमा जानकारी लिएका थिए ।
अधिकृत यादवले जाली साइन गरेको खुलासा, एउटै पालिकामा दुई अधिकृत ?
- २०७९ माघ १४ शनिबार
न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले जाली कागजात खडा गरेको पाइएको छ । महोतरी जिल्लाको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत संजय बाबु
पूरा पढ्नुहोस्