जब गायक रविराज साहले काठमान्डौँको शान्तिनगरमा 'गरदा गरदा' उडाए 

२०७९ माघ १५ आइतबार
बिहान ०९:५१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । सरस्वति पूजाको अवसरमा प्रत्येक वर्ष काठमान्डौँको शान्तीनगरमा आयोजना हुँदै आएको नाचगान कार्यक्रममा मधेशका चर्चित गायक रविराज साहले धुलो उडाएका छन् । 

शान्तीनगरमा आयोजना गरिएको कार्यक्रममा जब रविराज साहले मैथिली भाषाको गीत “उत्तरही राज सँ जे एले एक नटिनिया रे जान” गीत गाए त्यहाँ उपस्थित दशर्कहरुलाई झुम्न बाध्य बनाए । 

मधेशी समुदायको विद्यार्थीहरुको बाहुल्यता रहेको शान्तीनगरमा आयोजित सो कार्यक्रममा रविराजप्रतिको क्रेज र रविराज साहले गाएको गीतमा मधेशी समुदायसहित स्थानीय विद्यार्थीहरुले समेत गरदा गरदा उडाउन बाध्य भए । 

विद्यार्थीहरुले गरेको नृत्यमा उपस्थित हजारौ दर्शकहरुहरु झुम्दा त्यहाँ धुलैधुलोको माहौल सृजना गरेका थिए रविराज साहले । नेपाल आइडीयलबाट चर्चामा आएका रविराज साहलाई सँगीत क्षेत्रकै एक जना प्रोडुसरले एक विषकन्या प्रयोग गरी फँसाएको थियो । यद्यपी, उनलाई अदालतले बेकसुर साबित गरी सफाई दिसकेको छ । 

आरोपबाट मुक्ति पाएलगत्तै रविराज साह आफ्नो कार्यलाई निरन्तरता दिँदै पुनः बलियो भएर आफ्नो क्षेत्रलाई निरन्तरता दिएका छन् । 

  • 0%
  • 0%
  • 20%
  • 0%
  • 0%
  • 0%

रक्सीले मातेर सवारी चेकजाँच गरेका प्रहरी राय निलम्बित, युवकहरु पनि पक्राउ

  • २०७९ माघ १५ आइतबार

न्यूज ब्यूरो, राजविराज । सप्तरीको राजविराजमा दिउँसै रक्सी सेवन गरी सडकमा हंगामा गरेका प्रहरी जवान संजिवकुमार राय निलम्बनमा परेका छन् ।  शुक्रबार उनले रक्सी सेवन गरेर चेकजाँच गर्न थालेपछि स्थानीयले उनलाई

पूरा पढ्नुहोस्

Bureau Menus