
न्यूज ब्यूरो, सिरहा । सिरहाका तत्कालिन एवम् विवादित सिडिओ लालबाबु कवारीले अख्तियारको नक्कली एजेन्ट खडा गरेर ७० लाख रुपैयाँ घुसको बार्गेनिङग गर्न लगाएको कल रेकर्ड बाहिरिएको छ ।
आफूलाई पुष्पेन्द्र भन्दै आएका सिडिओ र सेवाग्राहीबीचको मान्छेले आफूलाई अख्तियारको अधिकारी भन्दै बार्गेनिङग गरेको सुन्न सकिन्छ ।
यसअघिको कल रेकर्डमा सिडिओ कवारीले नै अख्तियारको अधिकारी, माथिबाट आएको अधिकारीको हाबाला दिँदै सेवाग्राहीलाई घुसको लागि अग्रसर गरेको सुन्न सकिन्छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नक्कली अधिकारी खडा गरेर सिरहाका तत्कालिन सिडिओ लालबाबु कवारीले बार्गेनिङग गर्न लगाएको कल रेकर्डमा उल्लेख छ ।
सिरहाको लहानको हुँ भनेर पुष्पेन्द्र (नक्कली नाम) ले फोनमा कुराकानी गरेका ती व्यक्ति सिडिओ कवारीबाट परिचालित अख्तियारको नक्कली कर्मचारी हुन् । अख्यियारको केन्द्रीय कार्यालय टँगालसहित राष्ट्रिय अनुसन्धानको समेत धाकधम्की देखाएर ७० लाख रुपैयाँ घुस बार्गेनिङग गरिएको कल रेकर्डमा सुनिएको छ ।
कल रेकर्ड सरकारको गृहमन्त्रालयमा पुगेपछि अहिले सिडिओ कवारीको सरुवा पनि रोकिएको छ । सिरहाका केही व्यापारीले समेत बीचमा दलाली गरेको देखिएको छ भने पत्रकारको नाममा समेत केही जनाले दलाली गरेको प्रष्टिएको छ ।
सुन्नुहोस् कल रेकर्डः
बच्चा खेलाउँदै बाँदर
- २०७९ माघ २३ सोमबार
सेन्ट्रल जू , सदर चिडियाखाना काठमान्डौँमा आफ्नो बच्चा खेलाउँदै गरेको बाँदर दम्पति ।
पूरा पढ्नुहोस्