शहिद रामवृक्ष यादवकी छोरी सुनिता यादव र रहबर अन्सारी मन्त्री बन्दै 

२०७९ माघ २३ सोमबार
बेलुकी ५:१२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । नेकपा माओवादी केन्द्रले मधेस प्रदेशमा सुनिता यादव र रहबर अन्सारीलाई मन्त्री बनाउने निर्णय गरेको छ। 

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सुनिता यादवलाई मन्त्री बनाउने निर्णय गरेको हो। 

यसैगरी नेकपा माओवादीका वैकल्पिक केन्द्रीय सदस्य रहबर अन्सारीलाई राज्य मन्त्री बनाउने निर्णय भएको नेकपा माओवादीका प्रदेश सदस्य उदय बरबरिया यादवले जानकारी दिए। 

मधेस प्रदेशमा माओवादी केन्द्रको भागमा परेको मन्त्रालय छाडेर अन्य ९ मन्त्रालयमा मन्त्रीको शपथ ग्रहण तथा पदभार ग्रहण भइसकेको छ। तर माओवादीको भागमा परेको उद्योग, पर्यटन तथा वन मन्त्रालयको मन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीलाई बनाउने निर्णय भएको प्रदेश सदस्य बरबरियाले जानकारी दिए। 

सुनिता जनयुद्धकालीन शहिद रामवृक्ष यादवकी कान्छी छोरी हुन्। रामवृक्षको माओवादी जनयुद्धकालमा सेनाले हत्या गरेको थियो। सुनिताको परिवारमा दाजु शेखर यादव तथा श्रीमान डम्बर यादवले सहादत प्राप्त गरेका थिए। 

रामवृक्षको तीन छोरीहरू मध्ये बोधमाया, कल्याणी र सुनिता हाल पनि माओवादीमा सक्रिय राजनीतिमा छन्।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मधेशको प्रमुख शहरहरुमा 'काठमाडौं वल्ड स्कुल' ले शैक्षिक कार्यक्रम गर्दै, विद्यार्थीहरुलाई अवसर

  • २०७९ माघ २३ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  काठमाडौं वल्ड स्कुलले मधेश प्रदेशको राजधानी जनकपुरधामा एक शैक्षिक कार्यक्रमको आयोजना गर्न लागेको छ ।  आउदो चैत्र १८ गते शनिबारका दिन जनकपुरधामको यात्री निवासमा कार्यक्रमको आयोजन गरिने

पूरा पढ्नुहोस्

Bureau Menus