
न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख (एसपी) विश्वराज खड्काले नेपाल–भारत सीमामा गरिएको कडाई जारी नै रहने बताएका छन् ।
भारतसँग भएको खुल्ला सीमाको कारण भन्सार छली गरी तस्करी हुँदै आएको तथा सरकारको राजस्व अधिक चुहावट भएको भन्दै एसपी खड्काले सीमामा नेपाल प्रहरीको कडाई जारी रहने बताएका छन् ।
न्यूज ब्यूरोसँगको संक्षिप्त कुराकानीमा एसपी खडकाले नेपाल–भारत सीमामा कडाई गरेपछि आम नागरिकलाई कुनै दुःख नभएको दाबी गर्दै तस्करी गर्ने तस्करलाई मात्र कठिन भएको बताए ।
यसअघि धनुषा जिल्लाको विभिन्न नाकाबाट उठने गरेको राजस्वको आँकडा एक साताको मात्र हेरे ग्रीन भएको बताए । उनले रेडजोनमा रहेको सरकारको राजस्व विगत १ महिनादेखि ग्रीनजोनमा गएको बताए ।
उनले भने, –“खासमा नेपाल भारत सीमामा सशस्त्र प्रहरीको कारवाही निरन्तर हुनुपर्छ, तर हामीले पनि उत्तिकै सक्रियता राखेका छौँ । अहिले जनपद प्रहरी र सशस्त्र प्रहरीको सँयुक्त टोली दिनरात बोर्डरमा खटिन थालेपछि तस्करहरुलाई तनाव हुनु स्वभाविक हो । सरकारको नियम अनुसार भन्सार तिरेर समान ल्याउन पाईयो, त्यो हामीले रोकेकै होइनौँ न त कुनै आम नागरिकलाई दुःख दिएका छौँ ।”
पूजापाठ, बिहेबारीको लागि भनेर समान सिमित मात्रामा ल्याउन कुनै रोकटोक नरहेको बताउँदै एसपी खड्काले पूजापाठ, बिहेको नक्कली कार्ड लिएर तोकिएको भन्दा अधिक समान ल्याउनेलाई करको दायरमा ल्याउने गरेका बताए । “आम नागरिकले ल्याउने घरायसी प्रयोजनको समान हामी ल्याउन दिएकै हौँ, तस्करहरुले तस्करी गर्न नपाएपछि गुनासो मात्र गर्न लागेको छ । यति हो ।”– उनले थपे ।
धनुषा जिल्लाको ईलाका प्रहरी कार्यालय खजुरी, ईलाका प्रहरी कार्यालय औरही, ईलाका प्रहरी कार्यालय भडरिया, ईलाका प्रहरी कार्यालय जटही नगराइन, सीमाकाहरुमा खजुरी, महुवा, महिनाथपुर, ठाढीझिझा, धनौजी, जटही, जनकपुर लगायतका नाकामा सादा पोशाकको प्रहरी परिचालन गरी सरकारको राजस्वमा बढोत्तरी गराएको दाबी गरे ।
उनले राती पनि प्रहरीको कडा गस्ती रहँदा समेत तस्करहरुले कुनै न कुनै माध्यमबाट केही न केही समान पास गरेको स्वीकारे । उनले मौसमको प्रतिकुलताको फाईदा उठाउँदै तस्करहरुले केही समयको अन्तरालमा समान पास गरेको हुन सक्ने शंका जनाए ।
विगत एक महिनादेखि विभिन्न नाकामा बिलेकिया, विचौलिया, तस्करी गराउँदै आएका तस्करहरुलाई मात्र कठिनाई र समस्या भएको उनले बताए । एसपी खडकाले घरासयी प्रयोजनको लागि ल्याउने थोरै समानको लागि रोकठोक नगरिएको बताए ।
धनुषामा अहिले विभिन्न नाकाहरुमा प्रहरीले कडाई गरेपछि दिनहुँ लाखौको समान बरामद गरी भन्सार बुझाउने गरिएको छ ।
पुराना घुमुवाहरु तानिएपछि ईलाकाहरुलाई समस्याः
धनुषाको नयाँ एसपीमा विश्वराज खडका आएपछि ईलाकामा तहगत र वस्तुगत जानकारी राखेका पुराना घुमुवाहरु तानिएपछि ईलाकामा तनाव सृजना भएको छ । धनुषा प्रहरी अहिले सीमानाका मात्र अधिक कडाई तर्फ लाग्दा अपराध अनुसन्धान तर्फ केही हदसम्म कमजोर भएको एसपी खडकाले स्वीकारे ।
विभिन्न मुद्दामा फरार रहेका, अपराध गरी छिमेकी मुलुक भारतसम्म भागेका अपराधीहरुलाई समात्नको लागि भारतको गाउँसम्म पहुँच बनाएका घुमुवाहरु परिवर्तन गरिएपछि अपराध अनुसन्धान तर्फको कारवाहीमा ढिलाई भएको छ ।
विभिन्न ईलाका प्रहरी कार्यालय ईन्चार्जसँगको कुराकानीमा यसअघि पोष्ट गरिएको घुमुवाहरु परिवर्तन हुँदा अपराध अनुसन्धान तर्फ केही समस्या भएको प्रतिक्रिया दिएका थिए । यसअघिका घुमुवाहरु हरेक ठाउँबाट परिचित रहेकोमा नयाँ घुमुवा थपिएपछि केही हदसम्म कठिनाईको सामना गर्नुपरेको प्रतिक्रिया थियो ।
यता, एसपी खडकाले सो सन्दर्भमा घुमुवाहरुलाई नतानिएको तथा केही परिवर्तन मात्र गरेको बताए । उनले आवश्यक जानकारी र रेकर्ड अनुसार बोर्डरमा चौतर्फी कडाईको लागि सादा पोशाकको प्रहरी परिचालन गर्ने बताए ।
जनकपुरः महन्थ झा र उनको श्रीमतिसँग दोहोरो नागरिकता, मन्दिरको करोडौँको जमिन स्वाहा
- २०७९ माघ २४ मंगलबार
न्यूज ब्यूरो, जनकपुरधाम । श्रीमती, छोराछोरी समेत राखेर महन्त बनेका एक जना साधुले जनकपुरधामको अत्यन्त महँगो मानिने ८ बिघा जमिन बेचेको आरोप लागेको छ । सपरिवार नै भारतको नागरिक रहेका रामकिशोर
पूरा पढ्नुहोस्