
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकामा नयाँ अधिकृत भएर रँजित कुमार यादव हाजिर भएका छन् ।
सोमबार उनले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन् । संघीय मामिला मन्त्रालयले अधिकृत यादवलाई धनौजीको काम कारवाहीको जिम्मेवारी तोकेर पठाएको हो ।
पुरानो भुक्तानीको विषयमा जनप्रतिनीधि र कर्मचारीहरुबीच निरन्तर विवाद चलिरहेको बेला अधिकृत यादवले कमान सम्हाल्ने भएको छ ।
यसअघि रामकिशोर महतो प्रमुख प्रशासकीय अधिकृत हुँदा उनीमाथि विशेष अदालतमा मुद्दा दायर भएपनि उनी निलम्बनमा परेका छन् । मन्त्रालयले रञ्जित कुमार यादवलाई नयाँ अधिकृतको रुपमा कामकाज गर्ने गरी खटाएको हो ।
आजदेखि रेबिजको उपचार पनि शहिदनगरको यदुकूहामै सुरु : मेयर बरबरिया
- २०७९ फाल्गुण ८ सोमबार
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले नगरपालिकाको यदुकूहामै रेबिजको उपचार सुरु गराउन सफल भएका छन् । केही दिन अघि मात्र प्राथमिक स्वास्थय केन्द्रमा ईमरजेन्सी
पूरा पढ्नुहोस्